राप्ती गाउँपालिकामा जनश्रमदान गर्ने चलन मौलाउँदै



राप्ती गाउँपालिकामा जनश्रमदान गर्ने चलन मौलाउँदै

भालुवाङ १ भदौ । दाङको राप्ती गाउँपालिकामा जनश्रमदान गर्ने चलन हराउँदै गइरहेका बेला राप्ती गाउँपालिका वडा नम्बर २ बाहुनीपाटाका स्थानीयहरुले जनश्रमदान गरेर सडक मर्मत गरेका छन् ।

पहिला पहिला बाटोघाटो, पुलपुलेसा निमार्ण, सिचाई तथा अन्य विकास निमार्णको कार्य गर्दा गाउँभरिका मान्छेहरुलाई अनिवार्य रुपमा श्रमदानमा लगाउने चलन रहिआएको थियो । तर बीचमा यो चलन हराउँदै गइरहेका बेला केहि संघसंस्थाहरुले भने यो चलनलाई पुन निरन्तरता दिन थालेका छन् । यसै क्रममा नामसालिङ सामुदायिक बिकास केन्द्रले राप्ती गाउँपालिका वडा नम्बर २ बाहुनीपाटालाई नमूना बस्ती बनाउन चरिङ्गे सामुदायिक कृषक समुहको अगुवाईमा बिहिवार स्थानिय उपभोक्ताहरुले स्वेच्छिक श्रमदान गरेर सार्वजनिक सडक मर्मत, सरसफाई तथा पहिरो पन्छाउने काम गरेका छन् ।

सामाजिक परिचालनमा क्रियाशील संस्था नामसालिङ सामुदायिक बिकास केन्द्रले बिगत २ वर्ष देखि नै यस प्रकारको उपभोक्ता जागरणमूलक कृयाकलाप संचालन गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे