भालुवाङ प्रहरीकाे सक्रियता : राप्तीमा चाेरीकाे घटनामा नियन्त्रण



भालुवाङ प्रहरीकाे सक्रियता : राप्तीमा चाेरीकाे घटनामा नियन्त्रण

देउखुरी १९ असार । दाङ-देउखुरीकाे राप्ती क्षेत्रमा भालुवाङ प्रहरीकाे सक्रियतापछि चाेरीकाे घटना नियन्त्रणमा आएकाे छ । केहीदिन अघि राप्ती गाउँपालिका वार्ड नम्बर १ पाखापानी र वडा नम्बर ५ सिसहनियाँमा लगातार चाेरीकाे घटना घटेकाे थियाे । चाेरीकाे घट्ना बढ्न थालेकाे भन्दै ईलाका प्रहरी कार्यालय भालुवाङले पछिल्लो समय कडा निगरानी बढाएपछि केहिदिन यता चाेरीका घटना नियन्त्रणमा आएकाे हाे ।

केही दिन अघि राप्ती गाउँपालिका–१, पाखापानीमा घरधनी बाहिर रहेका बेला ताला लगाइएका तीन वटा घरको ताला फोरे चाेरी भएकाे थियाे । ती घरबाट के कति चाेरी भएनभए भने अझै सम्म पुष्टि हुन सकेकाे छैन । घरधनी बाहिर रहेकाेले चाेरीकाे बिबरण खुल्न नसकेकाे स्थानीयहरूले बताएका छन् । त्यस्तै त्यसको भोलिपल्ट राप्ती गाउँपालिका–५, सिसहनियाँ स्थित विष्णुकुमारी पुन रावतको घरमा ठूलो चोरी भएको घटना सार्वजनिक भयो । स्थानीय स्रोतका अनुसार उक्त घरबाट करिब ६५ तोला सुन र १ केजी ५२ तोला चाँदी चोरी भएको थियाे ।

त्यसपछि भने अहिले चाेरीकाे घटना कहिँकतै नघटेकाे प्रहरीले जनाएकाे छ । लगातार चार वटा घरमा चाेरी भएपछि ईलाका प्रहरी कार्यालय भालुवाङले आफ्नाे नियमित गस्तै संगै छड्के गस्ती, शंकास्पद व्यक्तिहरू माथि निगरानी समेत बढाएकाे छ । भालुवाङ प्रहरी प्रमुख प्रहरी निरिक्षक गाेपाल न्याैपानेका अनुसार चाेरी भएका घरकाे मुजुल्का, घटनाकाे प्रकृति, सिसी टिभी फुटेज लगायतका आधारमा अनुसन्धान अगाडि बढाईएकाे छ ।

प्रहरीले अहिले सिसी टिभी फुटेजकाे आधारमा केही शंकास्पद व्यक्तिहरूलाई प्रकाउ गरि साेधपुछ गर्ने लगायतका कार्य गरिरहेकाे प्रहरीले बताएकाे छ । तर अहिले सम्म चाेरीकाे मुख्य अभियुक्त भने प्रकाउ गर्न सकेकाे छैन । प्रहरीका अनुसार अनुसन्धान कार्य तीब्र गतिमा अगाडि बढाईएकाे र छिट्टै चाेरीका मुख्य अभियुक्तहरू प्रकाउ पर्ने बताएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे