देउखुरीमा सानो नदीमा आएको बाढीले टयाक्टर बगायो



देउखुरीमा सानो नदीमा आएको बाढीले टयाक्टर बगायो

भालुवाङ १९ असार । दाङको देउखुरीमा सानो नदीमा आएको बाढीले टयाक्टर बगाएको छ ।

मंगलवार विहान लमही नगरपालिका १ नर्ती देखि केरुनिया–सोनपुर जोड्ने सानो नदीमा आएको बाढीले टयाक्टर बगाएको अस्थायी प्रहरी चौकी नर्तीले जानकारी दिएको छ । लमही नगरपालिका वडा नम्बर ४ निवासी नसीम खानको रा १ त ४९२१ नम्बरको टयाक्टरलाई मंगलवार विहान ८ः २० बजेको समयमा सानो नदीमा आएको बाढीले बगाएर पल्टाइदिएको थियो ।

केरुनिया देखि नर्ती जाँदै गरेको ट्याक्टरलाई बाढीले बगाएको प्रहरीले बताएको छ । मानवीय क्षती नभएपनि टयाक्टरमा पुर्णमा क्षती पुगेको प्रहरीले बताएको छ । ट्याक्टर बाढीले बगाएपछि फरार रहेका चालक छोटेलाल चौधरी गाडीधनीको सम्पर्कमा रहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे