राप्ती गाउँपालिकाको सिमलखुट्टीमा पानी जमेको खाल्डोमा डुवेर एक वृद्धको मृत्यु



राप्ती गाउँपालिकाको सिमलखुट्टीमा पानी जमेको खाल्डोमा डुवेर एक वृद्धको मृत्यु

भालुवाङ १९ असार । दाङको देउखुरीमा मंगलवार एक वृद्धको पानी जमेको खाल्डोमा डुवेर मृत्यु भएको छ ।

राप्ती गाउँपालिका वडा नम्बर ४ सिमलखुट्टी निवासी ६५ वर्षिय प्रेमसागर गिरीको पानी जमेको खाल्डोमा डुवेर मृत्यु भएको हो । बाटाेमा हिड्ने क्रममा चिप्लिएर खाल्डोमा लड्न पुगेका गिरीको पानीमा डुवेर मृत्यु भएको प्रहरी चौकी मसुरीयाका प्रहरी प्रमुख प्रहरी नायव निरिक्षक निमबहादुर खत्रीले जानकारी दिएका छन् ।

घरबाट मध्यान्न १२ बजे निस्केका गिरी ३०० मिटर पश्चिम दक्षिण बाटो छेउमा रहेको पानी जमेको खाल्डोमा बेलुका साढे ५ बजे मृत अवस्था फेला परेका थिए । मृतक गिरीको शवलाई स्थानीयले फेला पारि मृतक गिरीकी श्रीमती गौमती गिरी र प्रहरीलाई खवर गरेका थिए । मृतक गिरीको शवलाई पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको प्रहरी नायव निरिक्षक खत्रीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे