एमाले र सरकारबीचको सहमतिपछि लुम्बिनी प्रदेशसभा आज देखि सुचारु हुँदै, अहिले १ बजे बैठक बस्दै



एमाले र सरकारबीचको सहमतिपछि लुम्बिनी प्रदेशसभा आज देखि सुचारु हुँदै, अहिले १ बजे बैठक बस्दै

भालुवाङ २० असार । लुम्बिनी प्रदेशमा बजेटका विषयमा असन्तुष्टि जनाउँदै लगातार सदन अवरुद्ध गर्दै सोमबार बजेट पुस्तिका च्यातेर सदन बहिस्कार गरेको प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र सरकार बीच मंगलबार राती सहमति भएको छ ।

सोमबार राति भएको वार्तामा विपक्षी दलले उठाएका विषय मुख्यमन्त्री डिल्ली चौधरीले सदनमा सम्बोधन गरेर बुधबार देखि सदन संचालन गर्ने सहमति भएको एमाले प्रमुख सचेतक तुलसी चौधरीले जानकारी दिए ।

सोमबार साँझ सदन बहिस्कार गरेर बाहिरिएको एमालेसँग मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, सभामुख तुलाराम घर्तीले वार्ता गरेर सहमति गरेका हुन् । वार्तामा विपक्षी दलका नेता लिला गिरी, उपनेता चेतनारायण आचार्य, प्रमुख सचेतक तुलसी चौधरी बसेका थिए । सभामुख तुलाराम घर्तीले विपक्षी दलसँग सहमति भएको बताए ।

सरकारका प्रवक्ता मन्त्री सन्तोष पाण्डेयले विपक्षी दलसँग सहमति भएको पुष्टि गरे । ‘विपक्षी दलसँग सहमति भयो  मुख्यमन्त्रीले आज सदनमा कुरा राखेपछि सदन सुचारु हुन्छ ।’

असार १ गते आएको बजेटका विषयमा छलफल गर्न १३ गतेदेखि बसेको सदन प्रमुख विपक्षी दल एमालेले लगातार अवरोध गर्दै सोमबार बहिस्कार नै गरेको थियो ।

सत्तापक्ष र प्रमुख प्रतिपक्षबीच सहमति भएपछि अनिश्चितकालका लागि स्थगित गरिएको प्रदेश सभा आज बुधबारका लागि बोलाइएको छ । एमालेले बहिस्कार गरेपछि पनि बैठक चलाएका सभामुख तुलाराम घर्तीले अर्को बैठक सूचनामार्फत बोलाइने भन्दै हिजाे पौने ७ बजे सकाएका थिए ।

प्रदेश सभा सचिव दुर्ललकुमार पुनमगरले अनिश्चितकालका लागि हिजाे स्थगित भएको प्रदेश सभाको दोस्रो अधिवेशनको १७ औं बैठक आज दिउसो १ बजेका लागि बोलाइएको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे