देउखुरीको गोवरडिहाबाट जबरजस्ती करणी उद्योग मुद्दाका फरार चाैधरी ५ वर्षपछि पक्राउ



देउखुरीको गोवरडिहाबाट जबरजस्ती करणी उद्योग मुद्दाका फरार चाैधरी ५ वर्षपछि पक्राउ

भालुवाङ १८ असार । दाङ देउखुरीको गोवरडिहाबाट जबरजस्ती करणी उद्योग मुद्दाका फरार एक व्यक्ति ५ वर्षपछि पक्राउ परेका छन् ।

गढवा गाउँपालिका वडा नम्बर ३ गोबरडिहा बस्ने बर्ष ३९ का नरेश भन्ने कृष्णकुमार चौधरीलाई सोमबार दिउँसो ३ बजेको समयमा इलाका प्रहरी कार्यालय गढवाबाट गएको प्रहरी टोलीले गोबरडिहामा लुकिछिपि बसिरहेको अवस्थामा पक्राउ गरेको प्रहरी निरिक्षक नवीन वलीले जानकारी दिएकी छिन् ।

दाङ जिल्ला अदालतबाट २०७५ असार ५ गते जबरजस्ती करणी उद्योग मुद्दामा फैसला भई २ बर्ष ५ महिना ४ दिन कैद सजाय तोकिएका चाैधरी फरार रहेका थिए । पक्राउ परेका चाैधरीलाई मंगलबार जिल्ला अदालतमा बुझाइने प्रहरी निरिक्षक वलीले बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे