लुम्बिनीमा बजेट वक्तव्य माथिकाे सैद्धान्तिक छलफल सकियाे, अब दफावार छलफल हुने



लुम्बिनीमा बजेट वक्तव्य माथिकाे सैद्धान्तिक छलफल सकियाे, अब दफावार छलफल हुने

भालुवाङ १८ असार । लुम्बिनी प्रदेश सरकारले ल्याएकाे बजेट वक्तव्य माथिकाे सैद्धान्तिक छलफल सकिएकाे छ । याे छलफलमा प्रतिपक्ष दल एमालेले भाग लिएकाे छैन । दाेस्राे अधिवेशनकाे १४ आैं बैठकका बजेट वक्तव्य माथिकाे सैद्धान्तिक छलफल भएको थियाे ।

जुन बैठकमा सत्तारुढ दलका सांसदले मात्रै भाग लिए। प्रमुख प्रतिपक्ष दलका सांसदलाई बाेल्न सयम दिएपनि बिराेधमा उत्रिए । बैठकमा सत्तारुढ दलका बैजनाथ कलवार, वसीउद्दीन खाँ, खड्गबहादुर बस्नेत, तारा थापाले छलफलमा भाग लिदै सरकारले ल्याएकाे बजेट राम्राे आएकाे भन्दै सरकारकाे बचाउ गरे ।

असार १ गते सरकारले ४० अर्ब ४७ कराेड ८९ लाखकाे बजेट ल्याएकाे थियाे । बजेट माथि छलफल गर्न आह्वान गरिएको बैठक तीन पटक सम्म स्थगित गरिएको थियाे ।

बैठकमा आर्थिक मामिला मन्त्री धनबहादुर मास्किले बजेट माथि उठेका प्रश्नकाे जवाफ दिदै निर्देशनालय खारेज गर्ने निर्णयकाे बारेमा अध्ययन गर्न समिति बनेकाे र साे आधारमा कार्यान्वयन गरिने बताए ।

यस्तै मन्त्री मास्किले सदनमा आर्थिक बर्ष २०८०/०८१ काे सेवा र कार्यका लागि प्रदेश सञ्चित काेषबाट केही रकम खर्च गर्ने र विनियाेजन गर्ने सम्बन्धमा बनेकाे विधेक पेश गरे ।

दाेस्राे अधिवेशनकाे १५ आैं बैठक मंगलबार दिउँसो १ बजेलाइ आह्वान गरिएको छ । अब बस्ने बैठकमा विनियोजन बिधेक माथिकाे सैद्धान्तिक र दफावार छलफल गर्ने सम्भावित कार्यसुचि तय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे