दाङमा कुकुरकाे डर लाग्दाे आतंक, दुई वटा खसी ककुरले खाए पछि



दाङमा कुकुरकाे डर लाग्दाे आतंक, दुई वटा खसी ककुरले खाए पछि

दाङ १३ असार । दाङको जजरागाँउमा कुकुरले दुई वटा खसी मारेको छ । घोराही उप महानगरपालिका वडा नम्वर ६ जजरागाँउ निवासी भरत पौडेलको २ वटा खसी भुस्या कुकुरले मारेको हो ।

घर नजिकै बाधेको बेला ४० केजिको र २५ केजिको खसी भुस्या कुकुरले मारेर खाएको पौडेलले जानकारी दिनुभयो । अहिले उक्त गाँउमा १०/१२ वटा भुस्या कुकुर हुल बाधेर हिड्ने गरेको र पशुचौपाय नपाए मान्छेलाई समेत झम्टीने गरेको स्थानियले जानकारी दिएका छन् । केहीदिन अघि घोराहीमा पनि एक महिलालाई भुस्या कुकुरले टोकेर घाइते बनाएको थियो ।

यसैबीच कुकुर नियन्त्रण सम्वन्धि आवश्यक निति नहुदा यस्ता भूस्या कुकुर नियन्त्रण गर्न नसकिएको पशु सेवा शाखा घोराहीले जानकारी दिएको छ । कुकुर मार्न नपाइने र बन्ध्याकरणका लागि खर्च बढी लाग्ने भएकाले जताततै कुकुरको संख्या बृद्धि भएको शाखा प्रमु्ख खिम बहादुर वस्नेतले जानकारी दिए ।

घरपालुवा कुकुरलाई भ्याक्सिन लगाउने गरेको भएपनि भूस्या कुकुरलाई लगाउन नसकिएको उनको भनाई छ । कुकुर भोकाएमा मान्छे तथा जनावरमाथी आक्रमण गर्ने गरेको भन्दै उनले यस्ता कुकुरदेखी सावधानी अपनाउन सवैमा अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे