ज्योतिष्मती विद्यापीठका विद्यार्थीहरुले गरे खाजा खर्च कटाएर निलसागरलाई सहयोग



ज्योतिष्मती विद्यापीठका विद्यार्थीहरुले गरे खाजा खर्च कटाएर निलसागरलाई सहयोग

भालुवाङ १३ असार । दाङको लमहीमा रहेको ज्योतिष्मती विद्यापीठका विद्यार्थीहरुले खाजा खर्च कटाएर निलसागर सेवा आश्रमलाई सहयोग गरेका छन् ।कक्षा ६ र ७ मा अध्ययनरत विद्यार्थीले आफ्नो खाजा खर्च वाफतको रकममा कटौती गरि राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीमा रहेको आश्रमका सडक आश्रित मानवहरुका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले खाद्यन्न सहयोग गरेका छन् । उनीहरुले संकलन गरेको १२ हजार रुपैयाँबाट २५ किलोको ५ कट्टा चामल, १० लिटरको २ जर्किन खानेतेल, १० किलो दाल र १ कार्टुन फ्रुटी सहयोग गरेका छन् । शिक्षकहरु सँगै आएका १७५ जना विद्यार्थीहरुले बुधवार एक कार्यक्रमका बीच आश्रमलाई उक्त खाद्य सामाग्री प्रदान गरेका हुन् ।आश्रमका कार्यवाहक अध्यक्ष गरिवु चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका सहायक प्रिन्सिपल ईश्वरी पौडेल, देउखुरी टुडे डटकमका कार्यकारी सम्पादक ओमप्रकाश गुप्ता, शिक्षिकाहरु लक्ष्मी पौडेल, रिना बुढा मगर लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा बोल्ने वक्ताहरुले मानवीय सेवामा विद्यार्थीहरुको प्रसंसनीय कार्य प्रति सम्मान गर्दै यस्ता कार्य अन्य विद्यालयका विद्यार्थीहरुले पनि गर्न आवश्यक रहेको बताएका थिए । कार्यक्रमको सञ्चालन शिक्षक माधव पौडेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे