युवा रोगगार र उद्यम विकासका विषयमा राप्ती गाउँपालिका सँग छलफल



युवा रोगगार र उद्यम विकासका विषयमा राप्ती गाउँपालिका सँग छलफल

भालुवाङ १७ जेठ । स्वच्छ व्यवसायी समूह नेपालले मंगलबार राप्ती गाउँपालिका सँग युवालाई रोजगारी सिर्जना गर्न र उद्यम विकासका विषयमा छलफल गरेको छ ।

आई.एम नेपालको सहयोग, राप्ती गाउँपालिका र स्वान संस्थाको सहकार्यमा स्वच्छ व्यवसायी समूह नेपालले स्थानीय श्रोत, सिप तथा संस्कृतिको प्रवर्द्धन मार्फत स्वच्छ व्यवसायी स्थापनाका लागि गाउँपालिका र कृषकहरू बीच अन्तरकृया कार्यक्रम गरेको थियोे ।

स्वान संस्थाका रेमन्त चाैधरीको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा भएको छलफलमा गाउँपालिकाको आर्थिक वर्ष २०८०/८१ को नीति कार्यक्रम तथा बजेटमा युवाहरूलाई रोजगारमा जोड्न र उद्यम विकासका लागि के कस्ता कार्यक्रम समेट्न सकिन्छ भन्ने विषयमा छलफल भएको छ । छलफलका क्रममा युवाहरूलाई रोजगारीमा जोड्न रोजगार शाखा सँग समन्वय गर्ने र स्थानीय उत्पादनको बजारीकरणमा विशेष जोड दिने विषयमा छलफल भएको छ ।

कार्यक्रममा राप्ती गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत जिवराज पाैडेल, शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विक, रोजगार शाखा प्रमुख मुमाराम भुसाल, कृषि विकास शाखा प्रमुख सिमा भट्ट, सुचना प्रविधि शाखा प्रमुख बालचन्द्र गुरूङ, लघु उद्यम विकास शाखा प्रमुख विनिता चाैधरी, सहकारी विकास शाखा प्रमुख शेरबहादुर हमाल (रिजाल), महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख जीवन कुमारी जिसी, देउखुरी टुडे डटकमका कार्यकारी सम्पादक ओमप्रकाश गुप्ता र प्रेस परामर्शदाता तुलबहादुर कवर मगरको सहभागीता रहेको थियोे ।

कार्यक्रमको सञ्चालन स्वच्छ व्यवसायी समूह नेपालका परियोजना व्यवस्थापक बासुदेव घिमिरेले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे