भालुवाङ राप्ती पुलबाट आत्माहत्याको प्रयास गर्दा खसेर १ युवा घाइते



भालुवाङ राप्ती पुलबाट आत्माहत्याको प्रयास गर्दा खसेर १ युवा घाइते

भालुवाङ १८ असार । दाङको देउखुरीमा एक युवा राप्ती पुलबाट आत्मा हत्याको प्रयास गर्दा नदीमा खसेर घाइते भएका छन् ।

राप्ती गाउँपालिका-४ माैरीघाट निवासी वर्ष ३० का हेमन्त गिरी भालुवाङ स्थित राप्ती पुलमा ट्रयाकसुटको पासो लगाई आत्माहत्या गर्न खोज्दा पासो फुस्केर पुलबाट नदीमा खसेका थिए । नदीमा खसेका गिरीलाई सामान्य चोट लागेको इलाका प्रहरी कार्यालय भालुवाङका कार्यालय प्रमुख प्रहरी निरिक्षक गोपाल न्याैपानेले जानकारी दिएका छन् ।

पुलबाट नदीमा खसेको जानकारी पाउन साथ इलाका प्रहरी कार्यालय भालुवाङ र शसस्त्र प्रहरी बल नेपाल २९ नम्बर हेटक्वाटर ज्वालामाईगणबाट खटिएको प्रहरी टोलीले तत्काल उद्वार गरि भालुवाङ अस्पताल पुर्‍याएको थियो । पुलबाट नदीमा खसेको देख्ना साथ माछा मार्नेहरूले सकुशल उद्वार गरि प्रहरीलाई जानकारी गराए थिए । त्यसपछि इलाका प्रहरी कार्यालय भालुवाङ र शसस्त्र प्रहरी बल नेपाल २९ नम्बर हेटक्वाटर ज्वालामाईगणबाट खटिएको प्रहरी टोलीले समेत उद्वार गरि भालुवाङ अस्पताल पुर्‍याएको थियो । घाइते गिरीको अवस्था अहिले सामान्य रहेको प्रहरीले बताएको छ । घाइते गिरीले किन आत्माहत्याको प्रयास गरेका हुन् भन्ने भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे