दाङको गढवामा सुतिरहेको अवस्था एक जनाको मृत्यु



दाङ १७ जेठ । दाङको गढवामा सुतिरहेको अवस्थामा एक जनाको मृत्यु भएको छ । बुधबार दिउँसो १२ बजेतिर सुतिरहेको अवस्था गढवा गाउँपालिका–६ निवासी ४६ वर्षिय राजकरण गुप्ताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

खाना खाएर सुतिरहेका कुमाललाई उनकी श्रीमतीले उठाउने क्रममा नउठेपछि उनलाई अस्पताल पुर्याइएको थियो । अस्पताल पुर्याइए लगतै चिकित्सकले मृत घोषणा गरेको प्रहरीले बताएको छ । गुप्ताको के कारणले मृत्यु भएको हो भन्ने विषयमा थप अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे