भालुवाङमा खानेपानी उपभोक्ता महासंघ लुम्बिनीको अधिवेशन सम्पन्न, अध्यक्षमा : गैरे



भालुवाङ १५ फागुन । खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपाल लुम्बिनी प्रदेशको प्रथम अधिवेशन सोमबार भालुवाङमा सम्पन्न भएको छ ।

अधिवेशनले थानप्रसाद गैरे (पश्चिम नवलपरासी) को अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।जसको उपाध्यक्षमा हस्तबहादुर गुरुङ (दाङ) , महासचिव शालिकराम भण्डारी (रुपन्देही) , सचिव मार्कन्दै भण्डारी (गुल्मी), कोषाध्यक्ष उषा थापा (बाँके) रहेका छन् ।

त्यसैगरी सदस्यहरुमा केशव न्यौपाने रुपन्देही, रिता अर्याल रुपन्देही, अनिसा पौडेल रुपन्देही, कमानसिंह वली बर्दिया, कृष्णाकुमारी शर्मा पाल्पा, लैनीकला रेग्मी कपिलवस्तु, नुना बहादुर बिसी कपिलवस्तु, नारायण पाण्डे पश्चिम नवलपरासी, कमला न्यौपाने भुसाल अर्घाखाँची, बलदेव मल्ल दाङ, उमा बस्नेत दाङ, मिश्रीलाल गुप्ता दाङ, भगवती अधिकारी बाँके, चन्द्रभरण थामी (रोल्पा) सर्वसम्मत चयन भएका छन् ।

अधिवेशनले रेश्मीराज अधिकारी (कपिलवस्तु)लाई लेखा समितीको संयोजक र कञ्चन गौतम (बाँके) लाई लेखा समितिको सदस्यमा चयन गरिएको छ। प्रथम अधिवेशनको उद्घाटन प्रमुख अतिथि तथा लुम्बिनी प्रदेश खानेपानी तथा ग्रामीण शहरी विकास मन्त्री चेतनारायण आचार्यले गरेका थिए । कार्यक्रम बोल्दै मन्त्री आचार्यले शुद्ध र स्वच्छ पिउने पानी सर्वसुलभ तरिकाले प्राप्त गर्नु सबै नागरिकको मौलिक अधिकार भित्र पर्दछ भन्दै प्रदेश भित्र हजारौं शहरी तथा ग्रामीण क्षेत्रमा बसोबास गर्ने नागरिकलाई शुद्ध र स्वच्छ पिउने पानी पुर्याउन प्रदेश सरकारले अहम भूमिका खेल्नुपर्ने र संघीय सरकारबाट पनि आर्थिक तथा प्राविधिक लगानी हुनुपर्ने खाँचो औंल्याएका थिए ।

महासंघका प्रदेश अध्यक्ष थानप्रसाद गैरेको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा डिभिजन ग्रामीण खानेपानी तथा ढल निकास कार्यालय बाँकेका इन्जिनियर तिलक न्यौपाने, राप्ती गाउँपालिकाका निवर्तमान अध्यक्ष नुमानन्द सुवेदी, खानेपानी तथा सरसफाई उपभोक्ता महासंघका केन्द्रीय सदस्य राम मल्ल ठकुरी , भालुबाङ खानेपानी सरसफाई तथा उपभोक्ता समितीका अध्यक्ष हस्तबहादुर गुरुङ, रोल्पा जिल्ला अध्यक्ष तिर्थ आचार्य, भालुबाङ होटल व्यवसाय समितीका अध्यक्ष महेश बेल्बासे लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ दाङ जिल्ला अध्यक्ष ध्रुवसिंह ठकुरीको स्वागत मन्तब्य र कमला न्यौपानेको स्वागत गीतबाट सुरू भएको कार्यक्रमको सञ्चालन सावित्रा रेग्मीले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे