ऐरावती आदर्श बहुमुखी क्याम्पस लालमटियामा अखिल क्रान्तिकारीको अध्यक्षमा : सोनी



भालुवाङ १५ फागुन । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ऐरावती क्याम्पस लालमटियाकाे प्रथम सम्मेलन सोमबार सम्पन्न भएकाे छ ।

सम्मेलनले विनाेद कुमार साेनीकाे अध्यक्षतामा २१ सदस्य मूल इकाइ कमिटी गठन गरेकाे छ । जसको वरिष्ठ उपाध्यक्षमा टिकाराम रावत, उपाध्यक्षहरूमा आकाश केसी, फरिदा प्रविण, साेनिया निशा चयन भएका छन् । त्यस्तै सचिवमा केशव भण्डारी,सह-सचिव प्रविण खत्री, ओमकुमारी विक, मदन केसी, अदिप गिरी रहेका छन् भने काेषाध्यक्षमा सुनिल बागवल चयन भएका छन् । त्यस्तै सदस्यहरूमा निसिता घिमिरे सरस्वती गाैतम, रूविणा रेगम, श्रीजना पाेख्रेल रहेका छन् ।

भेलाले विभिन्न विभागहरुका प्रमुख तथा उपप्रमुखहरु जिम्मेवारी समेत ताेकेकाे छ। जस अन्तर्गत छात्रा विभाग प्रमुखमा शारदा शर्मा, उपप्रमुखमा सुहाना निशालाई जिम्मेवारी ताेकेकाे छ।

त्यस्तै खेलकुद विभाग प्रमुखमा निश्चल थापा, उपप्रमुखमा खेमराज थापा, लक्ष्मी रानालाई जिम्मेवारी प्रदान गरेको छ भने
प्रचार विभाग प्रमुखमा मनिषा खनाल, समन्वय विभाग प्रमुखमा सपना सुनार र उपप्रमुखमा साजना एमसीलाई जिम्मेवारी प्रदान गरेको छ।

सम्मेलन क्याम्पस कमिटी इञ्चार्ज भुवन केसीकाे अध्यक्षता एवम् अखिल (क्रान्तिकारी) दाङका संयाेजक गिरबहादुर महराकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।कार्यक्रममा जिल्ला सचिव गाेविन्द मल्ल, नेता सुरेन्द्र भारती लगायतले बाेलेका थिए भने कार्यक्रमकाे सञ्चालन अखिल (क्रान्तिकारी) राप्ती गाउँपालिका संगठनका सचिव प्रदीप सुनारले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे