राप्ती गाउँपालिकाको पहरूवामा ३ दिने व्यवसाय सचेतना तालिम सुरू



राप्ती गाउँपालिकाको पहरूवामा ३ दिने व्यवसाय सचेतना तालिम सुरू

सिसहनियाँ २५ पुस । दाङको राप्ती गाउँपालिका वडा नम्बर ५ पहरुवामा सोमबार देखि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत तीन दिने व्यवसाय सचेतना तालिम सुरू भएको छ ।

सिप सिकाैं, आत्मनिर्भर बनाैं भन्ने मूल नाराका साथ राप्ती गाउँपालिकाको आयोजनामा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत सो तालिम शुरु भएको हो ।

तालिममा व्यवसायकाे परिभाषा, व्यवसाय छनाेट, व्यवसाय गर्ने तरिका र बजारीकरण गर्ने तरिकाकाे बारेमा सिकाइने सहजकर्ता विनिता चाैधरीले जानकारी दिएकी छिन् ।

तालिम पुस २७ गते सम्म सञ्चालन हुने छ। तालिममा वडाका २१ जना महिलाहरूको सहभागीता रहेको छ भने प्रशिक्षकमा लघु उद्यम विकास सहजकर्ता विनिता चाैधरी र अमिता चाैधरी रहेका छन् ।

यसै बिच साेमबार साे तालिमको एक कार्यक्रमकाे बिच उद्घाटन गरिएको छ। राप्ती गाउँपालिका वडा नम्बर ५ की वडा सदस्य सावित्रा देवी दमाईकाे अध्यक्षता एवम् पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत जीवराज पाैडेलकाे प्रमुख आतिथ्यतामा तालिमको उद्घाटन गरिएको हाे।

तालिम उद्घाटन कार्यक्रममा बाेल्ने बक्ताहरुले महिलाहरू घरकाे काममा मात्रै सिमित नभएर सिप सिकेर व्यवसायी बन्नु पर्ने कुरामा जाेड दिएका थिए । साे अवसरमा पालिकाका प्रशासन प्रमुख विकास ज्ञवाली, राेजगार सहायक सीता पाैडेल लगायतको सहभागीता रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे