लुम्बिनी प्रदेशमा मुख्यमन्त्री नियुक्तिको लागि भाेलि दावी पेश गरिदै



लुम्बिनी प्रदेशमा मुख्यमन्त्री नियुक्तिको लागि भाेलि दावी पेश गरिदै

भालुवाङ २५ पुस । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री नियुक्तिको लागि भाेलि दावी पेश गरिने भएको छ। प्रदेश प्रमुखले दिएको समयभन्दा एक दिन अगाडि नै मुख्यमन्त्रीका लागि दावी पेश गर्न लागिएको हो ।

एमाले संसदीय दलका नेता लिला गिरीले मुख्यमन्त्रीको लागि दावी पेश गर्नेछन्। सत्तासाझेदार दलहरुको बीचमा राप्ती उपत्यका देउखुरी स्थित मुख्यमन्त्री कार्यालयमा भएको बैठकले मंगलबार अपराह्न ४ बजे बहुमत सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्री नियुक्तीको लागी दावी पेश गर्ने सहमति भएको नेकपा माओवादी केन्द्रका नेता तथा स्वास्थ्यमन्त्री इन्द्रजित थारुले जानकारी दिए ।

 ‘सत्ता साझेदार दलहरुको बीचमा बैठक बस्यो। बैठकले मंगलबार प्रदेश प्रमुखसमक्ष दावी पेश गर्ने निर्णय गरेको छ’, उनले भने, ‘सत्ता साझेदार सबै दललाई एउटा एउटा मन्त्रालय दिनेगरी कुरा अघि बढेको छ।’

अहिले १३ मन्त्रालय छन्। सानो आकारमा मन्त्रिपरिषद् गठनको तयारी छ। मुख्यमन्त्री नियुक्त भएको भोलिपल्ट प्रदेशसभा परिसरमा शपथग्रहणको तयारी गरिएको छ ।

नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रावधान छ ।

सोही प्रावधानअन्तर्गत प्रदेश प्रमुखले पुस २७ गते बुधवार अपराह्न ४ बजेसम्मको समयमा दावी पेश गर्न समय दिएका थिए। सत्तासाझेदार दलसँग ५२ प्रदेश सभा सदस्य छन्। बहुमत पुर्‍याउन ४४ प्रदेश सभा सदस्य आवश्यक पथ्र्यो।

यहाँ एमाले २९, माओवादी ९, राप्रपारनागरिक उन्मुक्ति ४ र ४, जनमत पार्टी र जसपा ३/३ सिट छ। यहाँ नेपाली कांग्रेस २७, राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादी एक/एक, लोकतान्त्रिक समाजवादी तीन, स्वतन्त्र ३ जना छन्। वसन्त घर्तीलाई माओवादीले सभामुख बनाउने चर्चा छ। उपसभामुखमा राप्रपाकी मेनुका खाँड केसीको चर्चा छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे