गढवाका पच्चीस विद्यालयको जग्गा मालपोत कार्यालय लमहीमा सुचिकृत



गढवाका पच्चीस विद्यालयको जग्गा मालपोत कार्यालय लमहीमा सुचिकृत

गढवा ५ पुस । गत साउन ५ गतेका दिन गढवा गाउँपालिकाको शिक्षा शाखाले पालिकाभरका सरकारी विद्यालयका प्रधानाध्यापकहरु, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु र शिक्षा सरोकारवालाहरु सबैलाई भेला ग¥यो । भेलामा पालिकाभरका विद्यालयहरुको जग्गा आफ्नो नाममा नभएका कारणले विद्यालयहरुलाई समस्यामा पारेको बिषयमा गहिरो मन्थन गरियो ।

विद्यालयको नाममा लालपुर्जा नभएका कारण संघ र प्रदेश सरकारबाट प्रकाशित हुने सुचनाका लागि प्रस्तावना पेश गर्न कठिनाई भएको भेलामा बृहत्त छलफल भयो । भेलाले जनता माध्यमिक बिद्यालयका अध्यक्ष युबराज पोखे्रलको संयोजकत्वमा ९ सदस्यिय सामुदायिक बिद्यालय जग्गा ब्यवस्थापन समिति गठन ग¥यो । सो समितिले निकै गहिराईमा पुगेर ठिक ५ महिना अवधीमा २५ विद्यालयहरुको कुल ९१ बिगाह ७ कठ्ठा ८ घुर जग्गा ब्यवस्थापन गरि काम सकाएर पालिकाको सभाहलमै पत्रकार सम्मेलन गरि आफूले गरेका कामहरु सार्वजनिक गरेको छ । सामुदायिक विद्यालय जग्गा व्यवस्थापन समितिले मालपोत कार्यालय लमही दाङमा जग्गा सुचिकरण गरेको बैधानीक प्रमाण गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण पोखे्रललाई हस्तान्तरण समेत गरेको छ ।

जग्गा व्यवस्थापन नभएका कारण भौतिक पुर्वाधारका लागि समस्या थियो । पुर्वाधारको अन्तरसम्बन्ध विद्यालयको गुणस्तरसंग जोडिएको हुन्छ । विद्यालयहरुको जग्गा मालपोतमा अभिलेखिकरण भएपछि अब ठूलो आधार भएको छ । लालपूर्जा प्राप्तिका लागि गाउँपालिकाबाट क्याबिनेट सम्मको पहल गर्ने छौं । जग्गा व्यवस्थापन समितिले उदाहरणीय र ऐतिहासीक काम गरेको भन्दै गाउँपालिकाका अध्यक्ष पोख्रेलले धन्यावाद दिए । अब हामी यसैगरी नै भौतिक पूर्वाधार र शैक्षिक गुणस्तरका लागि रणनीतीक योजना बनाएर अगाडी बढ्ने छौं–गाउँपालिकाका अध्यक्ष पोखे्रलले भने ।

यत्ति छोटो समयमा यत्तिका विद्यालयहरुको जग्गा व्यवस्थापन गर्न सफल भयौं । यो काम चानचुने काम थिएन यद्यपि काम गर्ने क्रममा ५ महिना सम्म स्थानीय सरकार, गाउँपालिकाका पुर्व अध्यक्ष र पुर्व सांसद एवं स्थानीय सामाजिक अभियन्ता र शिक्षाप्रेमीहरुबाट निरन्तर सहयोग पाएर सफल भएको र दस्तावेजलाई अभिलेखिकरण गर्न सकिएको जग्गा ब्यवस्थापन समितिका संयोजक युवराज पोखे्रलले भने ।
समितिले मालपोत कार्यालयमा सुचिकृत गरेका जग्गाहरुमा आधारभूत विद्यालय बनघुस्रीको नाममा ५ बिगाह १६ कठ्ठा ४ धुर, आदर्श प्राबि बडहराको नाममा ७ बिगाह ६ कठ्ठा ४ धुर, माध्यमिक बिद्यालय पचहियाको नाममा १२ कठ्ठा ,रात्री प्राबि पचहियाको नाममा १५ कठ्ठा, नमूना प्राबि महदेवाको नाममा ५ कठ्ठा, आदर्श रात्री आबि गोवरडिहाको नाममा २ बिगाह ९ कठ्ठा, सरस्वती प्राबि सुपैलाको ३ बिगाह र कालिका प्राबि पर्सेनीको नाममा १५ कठ्ठा जग्गा मालपोत कार्यालयमा सुचिकृत गरिएको जग्गा ब्यवस्थापन समितिले जानकारी दिएको छ ।

यसै गरी मदरासा अहले सुन्नत दारुसलामको नाममा ३ कठ्ठा ९ धुर, प्राबि खजरौटाको नाममा २ बिगाह १० कठ्ठा, आधारभूत बिद्यालय कक्रहवाको १ बिगाह १० कठ्ठा, माबि चैनपुरको १ बिगाह, बालकल्याण अहाधारभूत बिद्यालयको नाममा २ बिगाह १० कठ्ठा, मदरसा रामपुरको नाममा ३ बिगाह १० कठ्ठा, जनता माध्यमिक बिद्यालय गढवाको नाममा ४१ बिगाह ३ कठ्ठा ६ धुर, सरस्वती आबि चन्दनपुरको नाममा ४ बिगाह ३ कठ्ठा १६ धुर, ज्ञानज्योति प्राबि मानपुरको १५ कठ्ठा, उदय प्राबि मुसीनाकाको नाममा १५ कठ्ठा, महशेन्द्र आबि कोइलाबासको नाममा २ बिगाह, दुर्गा प्राबि खबरीनाकाको १० कठ्ठा, जनमुखि आबि रङ्सिङको नाममा १५ कठ्ठा, गणेश प्राबि चिमचिमेको नाममा ८ कठ्ठा, सर्बोदय प्राबि गढवाको नाममा १ बिगाह १० कठ्ठा र बालबुद्धि प्राबि खबरीखुटीको नाममा १ बिगाह १० कठ्ठा जग्गा मालपोत कार्यलयको अभिलेखमा सुचिकृत गरिएको कार्यक्रममा जानकारी गराइएको थियो ।

गढवा गाउँपालिकाका बाकी ४ बिद्यालयहरु जनता माबि कालाकाटे, रत्न प्राबि, दिपेन्द्र होमजून माबि र सरस्वती माबि गोबरडिहाको जग्गा सम्बन्धि कुनै समस्या नदेखिएको समितिले बताएको छ । जग्गा ब्यवस्थापन समितिमा संयोजक युवराज पोखे्रल र सदस्यहरुमा हुमाकान्त सुवेदी, रामसुरत यादव, हेमन्त चौधरी, गोबिन्द केसी, चित्रबहादुर रावत, अतिउल्ला मनिहार, सुब बहादुर कुमाल र राधेश्यामभ थारु कुमाल रहेकोे गढवा गाउँपालिका शिक्षा शाखा प्रमुख श्याम बिकले जानकारी दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे