राप्तीका २ सामुदायिक विद्यालयका ५४ बालबालिकाहरूलाई विद्यालय पोशाक वितरण



राप्तीका २ सामुदायिक विद्यालयका ५४ बालबालिकाहरूलाई विद्यालय पोशाक वितरण

भालुवाङ ५ पुस । राप्ती गाउँपालिका वडा नं.४ ले वडामा रहेको २ वटा सामुदायिक विद्यालयहरूमा अध्ययनरत ५४ जना बालबालिकाहरूलाई विद्यालय पोशाक वितरण गरेको छ ।वडा कार्यालयले सामुदायिक विद्यालयहरुमा अध्ययनरत विपन्न, दलित तथा अनाथ बालबालिकाहरुलाई विद्यालय पोशाक वितरण गर्ने लक्ष्य अनुसार जनज्योति आधारभूत विद्यालय नयाँगाउँमा अध्ययनरत २० जना र रात्री प्रावि मौरिघाटमा अध्ययनरत ३४ जना गरि कुल ५४ जना बालबालिकाहरूलाई विद्यालय पोशाक वितरण गरेको वडा अध्यक्ष वीरबहादुर चौधरीले जानकारी दिएका छन् ।

त्यसै गरि अव केहि दिनमा माध्यमिक विद्यालय मौरीघाटमा अध्ययनरत ४० जना विद्यार्थीहरुलाई पनि विद्यालय पोशाक वितरण गर्ने वडा अध्यक्ष चौधरीले बताएका छन् । वडामा रहेका सामुदायिक विद्यालयबाट विपन्न, दलित तथा अनाथ विद्यार्थी छनोट गरी सो पोशाक वितरण गरिएको हो । समुदायमा रहेका विपन्न, दलित तथा अनाथ विद्यार्थीको पहिचान गरी नियमित रुपमा विद्यालय जाने वातावरण बनोस् भन्ने ध्येयले वडाले १ लाख रुपैयाँ बजेट विनियोजन गरि सो पोशाक वितरण गरिएको वडा अध्यक्ष चौधरीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे