देउखुरी बहुमुखी क्याम्पस लमहीकाे क्याम्पस प्रमुखमा वली नियुक्त



देउखुरी बहुमुखी क्याम्पस लमहीकाे क्याम्पस प्रमुखमा वली नियुक्त

लमही ५ पुस । देउखुरी बहुमुखी क्याम्पस लमहीको क्याम्पस प्रमुखमा प्रध्यापक शिव वली नियुक्त भएका छन् । ४ बर्षे कार्यकालको लागि क्याम्पस सञ्चालक समितिको बैठकबाट वलीलाइ नियुक्त गरेकाे हो ।

यस अघि प्रध्यापक शेरबहादुर गिरी क्याम्पस प्रमुख थिए । मंसिर २० मा उनको कार्यकाल सकिएको थियो । चुनावी आचारसंहिताले नयाँ क्याम्पस प्रमुख नियुक्त हुन सकेको थिएन ।

मानविकी सङ्कायमा एमए प्रथम श्रेणीमा उत्तीर्ण, शिक्षा शास्त्र सङ्कायमा एमएड प्रथम श्रेणीमा उत्तीर्ण, सामाजिक शास्त्र तथा शिक्षा सङ्कायमा एमफिल ‘ए’ ग्रेडमा उत्तीर्ण र हाल विद्यावारिधी पिएचडि शोधरत छन् । उनी २०६७ देखि लमहीको रातोडाँडा स्थित देउखुरी बहुमुखी क्याम्पस दाङमा प्राध्यापनरत छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे