ज्योति विकास बैंकद्धारा सिसहनियाँ स्वास्थ्य चौकीलाई एक थान न्यानो नानी उपकरण प्रदान



ज्योति विकास बैंकद्धारा सिसहनियाँ स्वास्थ्य चौकीलाई एक थान न्यानो नानी उपकरण प्रदान

सिसहनियाँ ५ पुस । ज्योति विकास बैंक मौरीघाट शाखाले राप्ती गाउँपालिका वडा नम्बर ५ मा रहेको सिसहनियाँ स्वास्थ्य चौकीलाई १ थान न्यानो नानी उपकरण प्रदान गरेको छ । मौरीघाट शाखाको सिफारिसमा संस्थाको सामाजिक उत्तरदायित्व अन्तरगत मंगलवार बैंकका शाखा प्रबन्धक प्रकाश जिसीले स्वास्थ्य चौकीका इन्चार्ज धनबहादुर खड्कालाई सो उपकरण हस्तान्तरण गरेका हुन् ।

बैंकले अघिल्लो आर्थिक बर्ष सम्म २३ ओटा न्यानो नानी देशका विभिन्न सरकारी अस्पतालमा बितरण गरिसकेको र यो आर्थिक बर्षमा पनि २० ओटा बितरण गर्ने योजना अनुसार पहिलो लटमा १० ओटा र दोस्रो लटमा १० ओटा बितरण गरिने बैंकका अनुसन्धान र बिकास, ब्रान्डिङ् तथा कर्पोरेट सञ्चार प्रमुख कुशल जङ अधिकारीले जानकारी दिएका छन् ।

नवजात शिशुलाई न्यानो बनाई राख्ने सो उपकरणको प्रयोगले बाल मृत्युदर कम हुने लक्ष्य समेत राखिएको छ । राष्ट्रिय आबिस्कार केन्द्रका इन्जीनियर इसान श्रेष्ठले सो मिसिन जडान गरि अस्पतालका कर्मचारीलाई त्यसको प्रयोग गर्ने तरिका बारे प्रकाश पारेका थिए । भने जाडो मौसम बढे सँगै नवजात शिशुलाई हिटरले न्यानो बनाउनु परेको बाध्यतालाई ज्योति बिकास बैंकले न्यानो नानी प्रदान गरेकोमा स्वास्थ्य चौकीका इन्चार्ज खड्का र वडा अध्यक्षले बैंकलाई धन्यवाद दिएका थिए ।

कार्यक्रममा सिसहनियाँ स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष तथा राप्ती गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष देवप्रसाद चौधरी, स्वास्थ्य चौकीका कर्मचारी तथा बैंकका कर्मचारीको उपस्थिती रहेको थियो । ज्योति विकास बैंक मौरीघाट शाखाले बिगत देखिनै सामाजिक उत्तरदायित्वका कामहरु गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे