सल्यानमा विमानस्थलका लागि सम्भाव्यता अध्ययन सुरु



सल्यानमा विमानस्थलका लागि सम्भाव्यता अध्ययन सुरु

सल्यान १ पुस । नेपाल नागरिक उड्डयन प्राधिकरणले सल्यानमा विमानस्थल निर्माणका लागि सम्भाव्यता अध्ययन सुरु गरेको छ । जिल्ला प्रशासन कार्यालय सल्यानमा विमानस्थलका लागि आज बसेको बैठकपछि स्थान पहिचान गरेर प्राधिकरणले अध्ययन सुरु गरेको हो ।

प्राधिकरणको प्राविधिक टोलीले आज शारदा नगरपालिका ५ ढार हुँदै लुहापिङ्ग र चन्द्रपालाको स्थान अध्ययन गरेको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणका विमानस्थल निर्माण विज्ञ गुरुदत्त अधिकारीले सबै किसिमको अध्ययन गरिसकेपछि कुन स्थान विमानस्थल बनाउनका लागि उपयुक्त छ भन्नेबारे सार्वजनिक गरिने र त्यसपछि मात्र प्रक्रिया अगाडि बढाउने बताए ।

जिल्लाको भौगोलिक बनावटका आधारमा ८ सय मिटर रन–वेसम्मको १८ देखि २० सिट क्षमता भएको प्लेन आउजाउ गर्न सक्ने विमानस्थल बनाउन सकिने अर्का विज्ञ युवराज रिजालले बताए । सल्यानमा एउटा विमानस्थल अत्यावश्यक भएकाले विमानस्थल अध्ययनका लागि नागरिक उड्डयन प्राधिकरणबाट प्राविधिकको टोली बोलाइएको संघीय सांसद प्रकाश ज्वालाले बताए ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे