आत्मनिर्भर बन्नका लागि व्यवसायमा जोडिनुपर्छ: उपप्रमुख योगी



लमही २० मंसिर । “आर्थिक समृद्धिको आधार, लघु उद्यम मार्फत रोजगार” भन्ने मुल नारा रहेको गरिबी निवारणका लागि लघु उद्यम विकास (मेडाप) अन्तर्गत १ दिने सहभागितात्मक ग्रामीण लेखाजोखा कार्यक्रम आज लमहीमा सम्पन्न भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले महिलाहरु अब शिक्षासंग संगै प्राविधिक ज्ञान हुन जरुरी रहेको बताइन् । आत्मनिर्भर बन्नका लागि व्यवसायसंग जोडिनु पर्ने अहिलेको आवश्यकता भएको योगीको भनाई छ । महिला दिदिबहिनीले सदियौं देखि विभिन्न तालिम गर्दै आयौं तर उपलब्धि भने शून्य छ, राज्यले गरेको लगानी खेर गइरहेको छ, अब त्यसरी राज्यको लगानीलाई खेर जान नदिनका लागि हरेक घरमा एक जना व्यवसायीक बन्नु पर्छ” उपप्रमुख योगीले भनिन् । उपभोक्ताको माग एकातिर छ हामीले अर्को तिरका कार्यक्रम गर्यौं भने नतिजा उल्टो आउँछ, पालिकालाई समृद्धिसंग जोड्नका लागि हामीले व्यवसायलाई अंगाल्नै पर्छ, तालिममा सिकेका सिपलाई व्यवहारमा लागू गर्न समेत उपप्रमुख योगीको भनाई छ ।

लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीको अध्यक्षता सम्पन्न भएको कार्यक्रममा लमही नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रविन्द्र क्षेत्रीको स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको सहजीकरण सहजकर्ता प्रमिला योगीले गरेकी थिइन् । कार्यक्रममा सहभागीहरुको रोजाइ र बजारको मागलाई मध्य नजर गर्दै सीप तालिम दिइने उद्यम विकास सहजकर्ता रिता पुनले जानकारी दिइन्। कार्यक्रममा लमही नगरपालिका -५ का पचास जना महिलाहरुको सहभागिता रहेको थियाे ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे