राप्ती गाउँपालिका राजधानी व्यवस्थापनमा जुट्याे : विभिन्न समिति बनाइ काम सुरु



भालुवाङ २० मंसिर । दाङकाे राप्ती गाउँपालिका राजधानी व्यवस्थापन तथा कार्यान्वयनमा जुटेकाे छ । लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका (देउखुरी) क्षेत्रभित्र रहेका स्थानीय तह सँग समन्वय गरी राजधानी व्यवस्थापनमा जुटेकाे हाे ।गाउँपालिकाले राजधानी व्यवस्थापन तथा सञ्चालन सहजीकरण मुल समिति सहित अन्य उपसमिति गठन गरेर राजधानी व्यवस्थापनका लागि पहल थालेकाे छ । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टको संयोजकत्वमा गढवा, राजपुर गाउँपालिका, लमही नगरपालिका र अर्घाखाँचीको शीतगङ्गा नगरपालिका पदाधिकारी, सो क्षेत्रमा नागरिक समाज, उद्योग वाणिज्य संघ, होटल व्यवसायी समिति, यातायात प्रालि, सञ्चारकर्मी लगायतको प्रत्यक्ष सहभागिता रहने गरी राजधानी व्यवस्थापनका लागि संयुक्त पहल थालिएको हो ।

मूल समितिका साथै स्वागत सत्कार, सरसफाइ तथा सौन्दर्यकरण, घरभाडा समन्वय र आर्थिक तथा आपूर्ति व्यवस्थापन उपसमिति गठन गरेर अभियानात्मकरुपमा राजधानी व्यवस्थापनको काम थालिएको छ । मूल समितिको सोमवार बसेको बैठकले राप्ती गाउँपालिकाका अध्यक्ष बिष्टको संयोकजत्वमा स्वागत सत्कार उपसमिति गठन गरिएको छ । जसमा राजधानी क्षेत्रका पालिकाका पदाधिकारी, राजनीतिक दल, उद्योग वाणिज्य संघ, सहकारी लगायत सदस्य रहेका छन् ।

त्यस्तै राप्ती उद्योग उद्योण वाणिज्य संघको संयोजकत्वमा आर्थिक तथा आपूर्ति व्यवस्थापन, श्यामेश चौधरीको संयोकजकत्वमा सरसफाइ तथा सौन्दर्यकरण, राप्ती वडा नम्बर ४ का अध्यक्ष संयोजक र अन्य वडा अध्यक्षहरु तथा उद्योग वाणिज्य संघहरु सदस्यहरु रहेको घरभाडा व्यवस्थापन र अर्जुन अधिकारीको संयोकजत्वमा प्रचारप्रचार उपसमिति गठन गरिएको छ ।

बैठकले राजधानी व्यवस्थापन तथा सञ्चालन सहजीकरण समितिको सचिवालय पनि गठन गरेको छ । मूल समिति संयोजकत्व बिष्टको संयोकजत्वमा गठित सचिवालयमा शीतगङ्गा नगरपालिकामा प्रमुख छविलाल पौडेल, गढवा गाउँपालिका अध्यक्ष यमनारायण पोख्रेल, उपसमिति संयोजकहरु, राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेवबहादुर ओली र अधिकृत विश्वास बिक, पत्रकारद्वय नरेन्द्र केसी र महेश रिजाल सदस्य रहेका छन्।

राजधानी कार्यान्वायनसँगै अब आउने जनप्रतिनिधि र कर्मचारीलाई समस्या नहोस् भनेर संस्थागरुपमै यस्तो पहल थालिएको राजधानी व्यवस्थापन तथा सञ्चालन सहजीकरण समितिका संयोजक प्रकाश बिष्टले जानकारी दिएका छन्। राजधानी व्यवस्थापनलाई सहयोग पुग्ने गरी राप्ती गाउँपालिकाको कार्यपालिकाले घरभाडाको न्यूनतम दर तोकेको छ भने सरसफाइ तथा सडक सौन्दर्यकरणका लागि अभियान नै थालेको छ । राजधानी कार्यान्वयनको झण्डोत्तलन गर्ने दिन सम्म राजधानीलाई झकिझकाउन बनाउने तयारी पनि समितिले गरेको छ ।

बैठकमा मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार अमरबहादुर डाँगी, राजधानी क्षेत्रका पालिका पदाधिकारी, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, उद्योग वाणिज्य संघ, होटल व्यवसायी समिति, यातायात प्रालि, पत्रकार महासंघ लगायतका प्रमुख तथा प्रतिनिधिहरुले राजधानी व्यवस्थापनलाई सफल पार्न एकताबद्धरुपमा लाग्ने प्रतिबद्धता जनाएका थिए । संयोजक बिष्टको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन सदस्य सचिव नेवबहादुर वलीले गरेका थिए ।यस्तै मंगलवार नै प्रचार प्रसार उपसमितिकाे बैठक पनि बसेकाे थियाे । अर्जुन अधिकारीको अध्यक्षतामा बसेकाे बैठकले सञ्चार डेस्क स्थापना गरेर प्रचार प्रसारकाे कामलाइ तिव्रता दिने निर्णय गर्नुका साथै संसदीय अभ्यास पत्रकारिता तालिम तत्काल सञ्चालन गर्ने, राजधानीका सकारात्क कुराहरु संपे्रषण गर्ने लगायतका महत्वपुर्ण विषयमा छलफल भएको प्रचार प्रसार उपसमितिका संयोजक अर्जुन अधिकारीले जानकारी दिएका छन् । बैठकमा समितिका सदस्यहरु दशरथ घिमिरे, ओमप्रकाश गुप्ता, बासुदेव न्यौपाने, नेत्र खनाल, दुखहरण यादव र सन्तोषकुमार गुप्ताको उपस्थिती रहेको थियो । बैठकको सहजीकरण सदस्य सचिव बालचन्द्र गुरुङले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे