महिला हिंसा विकराल हुँदै गयो : उपप्रमुख योगी



दाङ २० मंसिर । लैंगिक हिंसा रोकथाम तथा न्यूनीकरण विषयक समन्वयात्मक कार्यक्रम मंगलबार लमहीमा सम्पन्न भएको छ ।

लमही नगरपालिकाका उपप्रमुख तथा कार्यक्रमका प्रमुख अतिथी लक्ष्मी योगीले महिला हिंसा विकराल हुँदै गएको छ, हरेक घरमा महिलाहरु हिंसामा परेका छन्”- योगीले भनिन् । उनले भनिन्”- म न्यायीक समितिको संयोजक भएको कारण महिलाका धेरै समस्याहरु आउने गर्दछन, हिंसामा परेका धेरै महिलाहरुको समस्यासंग जानकार छु, ती समस्यालाई हाम्रो न्यायीक समितिले गहिरिएर बुझ्ने र न्यायका लागि लाग्ने गरेका छौं ।

उपप्रमुख योगीले महिला हिंसा रोक्नका लागि एक्लैले मात्र संभव नभएको भन्दै सबैले आ-आफ्नो क्षेत्रबाट हिंसा नियन्त्रण गर्न कटिबद्ध भएर लाग्न समेत सबैमा आग्रह गरेकी छिन् । नेपाल नेत्र ज्योति संघ दाङका उपसभापति रेशम बहादुर खड्काको अध्यक्षता तथा लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रमका बारेमा लमही आँखा अस्पतालका प्रमुख प्रशासकीय अधिकृत सम्शेर थापाले प्रकाश पारेका थिए ।

कार्यक्रममा समाजसेवी गिरिजादेवी न्यौपानेले आँखाका बिरामीहरु अस्पताल सम्म आउने बाताबरण गराउन र अस्पतालमा अप्रेसन गर्दा लाग्ने खर्च आफुले व्यवस्थापन गर्ने बताइन् । कार्यक्रमको सहजीकरण टेक बहादुर चौधरीले गरेका थिए भने स्वागत मन्तव्य लमही आँखा अस्पतालका प्रशासनिक समिति संयोजक घनश्याम सुबेदीले राखेका थिए । कार्यक्रममा विभिन्न क्षेत्रका तेईस जना महिला पुरुषको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे