गढवा गाउँपालिकाद्वारा ४७ ट्याक्टर ढुंगा जफत, ६ ट्याक्टर नियन्त्रणमा



गढवा गाउँपालिकाद्वारा ४७ ट्याक्टर ढुंगा जफत, ६ ट्याक्टर नियन्त्रणमा

गढवा १६ मंसिर। अबैध रुपमा राप्ती नदीको बिभिन्न ठाउँमा थुपारेर राखेको ४७ ट्याक्टर ढुंगा शुक्रबार गढवा गाउँपालिकाले जफत गरेको छ।

गढवा गाउँपालिकाको क्षेत्र भित्र राप्ती नदीको बिभिन्न ठाउँमा उठाउनका लागि थुपारेर ठिक्क पारेको ढुंगा गढवा गाउँपालिले ११ वटा ट्याक्टर प्रयोग गरेर आफ्नो नियन्त्रणमा लिएको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले जानकारी दिएका छन् । गढवा गाउँपालिकाले गढवा गाउँपालिकाको बिभिन्न वडाको बिभिन्न ठाउँमा अबैध रुपमा डम्पिङ गरेर राखेको नदिजन्य पदार्थलाई उठाउने कार्य सुरु गरेको जनाएको छ ।

त्यसैगरी गढवा गाउँपालिकाले ठेक्का टेण्डर नखोलेको अवस्थामा मनपरी ढङ्गले नदिजन्य पदार्थ ओसारपसारको गरिरहेको अवस्थामा ६ वटा ट्याक्टर गढवा गाउँपालिकाको टिम र इलाका प्रहरी कार्यालय गढवाको संयुक्त टोली आफ्नो नियन्त्रणमा लिई अनुसन्धानको प्रक्रिया अगाडि बढाएको पालिकाले बताएको छ । बिना अनुमति मनोमानी ढंगले अबैध रुपमा खोला तथा नदिमा ट्याक्टर प्रवेश गराई नदिजन्य पदार्थ ओसारपसारमा संलग्न हुने लाई कानुन बमोजिम कडा कारबाही गरिने बताइएको छ।

Seen by PressOmprakash Gupta at Saturday 21:15
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे