घोराहीमा सञ्चार क्षेत्रमा पत्रकार माथि हुने दुर्व्यवहार विरुद्ध प्रशिक्षण तालिम शुरु



घोराहीमा सञ्चार क्षेत्रमा पत्रकार माथि हुने दुर्व्यवहार विरुद्ध प्रशिक्षण तालिम शुरु

घोराही १६ मंसिर । घोराहीमा सञ्चार क्षेत्रमा पत्रकारमाथि हुने दुव्र्यवहार विरुद्ध प्रशिक्षण तालिम शुरु भएको छ । मावन अधिकार सञ्चार प्रतिष्ठान, नेपालको आयोजना तथा युरोपियन युनियनको सहयोगमा शुक्रबार घोराहीमा रहेको होेटेल पौवामा उक्त तालिम शुरु भएको हो ।

तालिमका मुख्य प्रशिक्षकका रुपमा रहेका नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीले तालिमको उद्घाटन गर्दै पत्रकारले पत्रकारको नैतिक मूल्य र मान्यतामा रहेरमात्र समाचर बनाउनुपर्ने बताए । उनले हरेक समाचार सत्य, तथ्य र यथार्थपरक हुनुपर्ने स्पष्ट धारणा राखे ।

दुई दिनसम्म चल्ने उक्त तालिमको बारेमा जानकारी दिदै कार्यक्रम संयोजक कामना न्यौपानेले सञ्चार क्षेत्रमा पत्रकारमाथि हुने धम्की, हिंसा, दुव्र्यवहार र पत्रकारको अधिकार तथा प्रावधान लगायतका विषयहरुमा प्रशिक्षण हुने बताएकी थिइन् । आज देखि शुरु भएको तालिम भोली (शनिबार)सम्म चल्ने भएको छ । तालिममा दाङ जिल्लाभरका विभिन्न मिडिया तथा सञ्चार माध्यममा कार्यरत पत्रकारहरुको सहभागिता रहेको छ ।

नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीको अध्यक्षतामा शुरु भएको कार्यक्रममा मानव अधिकार सञ्चार प्रतिष्ठान, नेपालकको कार्यक्रम संयोजक कामना न्यौपाने, नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष बसुन्धारा गौतम र उपाध्यक्ष सन्तोष सुवेदीको आतिथ्यता रहेको थियो भने कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासंघ दाङका सचिव आरके शीतलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे