दाङका कर्मचारीहरुले भने लुम्बिनी प्रदेशको स्थायी राजधानीबाटै कार्य सञ्चालन हाेस्



दाङका कर्मचारीहरुले भने लुम्बिनी प्रदेशको स्थायी राजधानीबाटै कार्य सञ्चालन हाेस्

भालुवाङ १५ मंसिर । दाङका कर्मचारीहरुले लुम्बिनी प्रदेशको स्थायी राजधानीबाटै कार्य सञ्चालन गर्न माग गरेका छन् । कर्मचारीका विभिन्न संगठनका पदाधिकारीहरुले विहीबार विज्ञप्ति जारी गरि प्रदेशको स्थायी राजधानी तोकेको २ बर्ष वितिसक्दा पनि प्रदेश राजधानी कायम गरि सेवा सूचारु गर्न नसक्नु दुःखद भएको बताएका छन् । साथै उनीहरुले अब भन्ने प्रदेश सभा तथा प्रदेश सरकारको कार्य सञ्चालन राप्ती उपत्यका देउखुरीबाटै सञ्चालन गर्न उनीहरुले माग गरेका छन् ।

प्रदेशको स्थायी राजधानी तोकिएको स्थान प्रदेशका सबै जनताको पायक पर्ने भएकाले पनि त्यही बाटै सेवा प्रवाह गर्न उनीहरुले माग छ । बुधबार कर्मचारी संगठनहरुका राष्ट्रिय स्तरका पदाधिकारीहरुले मुख्यमन्त्री कार्यालयमा प्रदेश राजधानी तोकिएको स्थानमा नसारी अस्थायी स्थानमै बस्नुपर्ने भनि ज्ञापन पत्र बुझाएको प्रति समेत उनीहरुले असहमति जनाएका छन् ।

नेपाल निजामति कर्मचारी संगठन दाङका अध्यक्ष शेरबहादुर केसी, नेपाल निजामति कर्मचारी युनियनका केन्द्रीय सदस्य बामदेव शर्मा, नेपाल निजामति कर्मचारी युनियनका केन्द्रीय सदस्य सरस्वति रेग्मी, नेपाल निजामति कर्मचारी युनियन दाङका अध्यक्ष श्रीधर अधिकारी, युनियनका लुम्बिनी प्रदेश उपाध्यक्ष रेश्मीराज अधिकारी, नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामति) दाङका अध्यक्ष रुद्रमणी पौडेल, राष्ट्रिय प्रगतिशिल स्वास्थ्यकर्मी संगठनका केन्द्रीय सदस्य हिरण्यराज शर्माले विहीबार एक विज्ञप्ति जारी गरि यस्तो बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे