आदर्श नमुना मावि लालमटियामा स्वागत तथा पुरस्कार वितरण कार्यक्रम



आदर्श नमुना मावि लालमटियामा स्वागत तथा पुरस्कार वितरण कार्यक्रम

भालुवाङ १५ मंसिर । दाङको राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियामा रहेको आदर्श नमुना माध्यमिक बिद्यालयले बिहीबार नव आगन्तुक कक्षा ११ र आइटीको पहिलो स्मेटरका विद्यार्थीलाई एक कार्यक्रमको आयोजना गरि स्वागत गरेको छ ।

बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष तथा राप्ती गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष पहलमान चौधरीको अध्यक्षता एवम् बिद्यालयकम प्रध्यानाध्यापक किरण पोख्रेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यार्थीहरूलाई फूलमाला र टीका लगाएर स्वागत गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि पोख्रेलले विद्यालयले निर्माण गरेको नीति, नियम र आचारसंहिताको पालना गरी उत्कृष्ट, अनुशासन बन्न र संघर्ष, परिश्रम, मेहनत गरी आफ्नो भविष्य सुनिश्चित गर्नका लागि धैर्य गरेर अध्ययन गर्न समेत अनुरोध गरेका थिए ।

नयाँ विद्यार्थीहरुले आफ्नो भबिष्यको ढोका खोल्न र उच्च शिक्षाको सपना बोकेर आएकाले त्यो सपना साकार पार्न विद्यालयले विद्यार्थीलाई आबश्यक पर्ने सम्पुर्ण सुबिधा उपलब्ध गराउने प्रतिबद्वता पनि ब्यक्त गरेका थिए ।

कार्यक्रममा विद्यार्थीहरू सुस्मिता रावत, बिना केसी, शिक्षक अभिभाबक संघका सदस्य हुमप्रसाद आचार्य, सहायक प्रध्यानाध्यापक मिनबहादुर बुढाथोकीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा विभिन्न साँस्कृतिक प्रस्तुति समेत राखिएको थियो । कार्यक्रमको संचालन विद्यार्थी कुसल उपाध्यय र मनिषा बुढाथोकीले गरेका थिए ।

यसै बीच विद्यालयले आफ्नो ६४ औं बार्षिक उत्सव समारोह साता ब्यापी मनाउने क्रममा बिहीबार कक्षा शिशु देखी कक्षा १२ सम्मका विद्यार्थी सहभागी रहेको विद्यालयबाट संचालित अतिरीक्त कृयालापका प्रथम, द्धितिय र तृतिय भएका विद्यार्थीहरुलाई पुरस्कार समेत प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे