आशाका किरण संस्थाद्वारा राप्तीका अति बाढी प्रभावित घरपरिवारलाई राहत प्रदान



आशाका किरण संस्थाद्वारा राप्तीका अति बाढी प्रभावित घरपरिवारलाई राहत प्रदान

भालुवाङ १५ मंसिर । आशाका किरण संस्थाले बिहीबार एक कार्यक्रमको आयोजना गरि राप्ती गाउँपालिकाका बाढी पिडितलाई राहत वितरण गरेको छ ।

राप्ती गाउँपालिकामा रहेको सो संस्थाले राप्ती गाउँपालिका वडा नम्बर २, ५ र ९ का अति बाढी प्रभावित १३ घर परिवारलाई राप्ती गाउँपालिकाको कार्यालय मसुरीयामा १५ हजार बराबरको २५/२५ किलोको १/१ कट्टा चामल राहत स्वरूप प्रदान गरेको हो । निर्वाचन आचारसंहिताका कारण तत्काल राहत वितरण गर्न नसकेको संस्थाले निर्वाचन पछि राहत वितरण गरेको हो ।

संस्थाका अध्यक्ष अशोक बेल्वासेको अध्यक्षता एवम् राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापती चाैधरीको प्रमुख आतिथ्यतामा राहत वितरण गरिएको हो । राहत वितरण कार्यक्रममा बोल्दै उपाध्यक्ष कमलापती चाैधरीले संस्थाको सानो सहयोगले पनि बाढी पिडितहरूको दुखमा सहयोग मिलेकोमा धन्यवाद दिनुका साथै राप्ती गाउँपालिकाको हरेक क्रियाकलापमा आशाका किरण संस्था सँग सहकार्य गरेर अगाडि बढ्ने बताएकी छिन् ।

कार्यक्रममा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत जीवराज पाैडेल, रोजगार शाखाकी सीता पाैडेल, आशाका किरण संस्थाका सदस्य श्रीधर जिसीको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन संस्थाका प्रेस संयोजक ओमप्रकाश गुप्ताले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे