राप्ती गाउँपालिका ९ नम्बर वडा अध्यक्ष सुनारीलाई पितृ शोक



राप्ती गाउँपालिका ९ नम्बर वडा अध्यक्ष सुनारीलाई पितृ शोक

भालुवाङ १५ मंसिर । दाङको राप्ती गाउँपालिका वडा ९ का वडा अध्यक्ष रिमबहादुर सुनारी मगरलाई पितृशाेक परेको छ।

वडा नं. ९ लेवासे निवासी वडा अध्यक्ष सुनारी मगरकाे ८० वर्षिय पिता नमे सुनारी मगरको गए बिहीबार राती १२: १० बजेको समयमा आफ्नै निवासमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।

वडा अध्यक्ष सुनारीका पिता लामाे समय देखि प्यारालाईसिस राेगका कारण ग्रसित थिए । वडा अध्यक्ष सुनारी मगर लामाे समय देखि नेकपा माओवादी केन्द्र पार्टीमा आवद्ध भई सक्रिय राजनिती गर्दै २०७४ सालकाे स्थानीय निकायको निर्वाचनमा नेकपा माओवादी केन्द्र पार्टीको तर्फबाट वडा नं.९ काे वडा अध्यक्ष पदमा निर्वाचित भएका थिए ।

त्यस्तै उनी साेही पार्टीबाट पुन २०७९ मंसिर ४ गते वडा अध्यक्ष पदमा निर्वाचित भई काम गरिरहेका छन् । उनी माओवादी केन्द्र राप्ती गाउँपालिकाका सदस्य समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे