राप्ती नदीमा बगेर बेपत्ता भएका बालक ३ दिन पछि गाेताखाेरकाे टाेलीले भेटायाे



राप्ती नदीमा बगेर बेपत्ता भएका बालक ३ दिन पछि गाेताखाेरकाे टाेलीले भेटायाे

भालुवाङ २९ कार्तिक । राप्ती नदीमा नुहाउने क्रममा बेपत्ता भएका बालक ३ दिन पछि मंगलवार गाेताखाेरकाे टाेलीले भेटाएकाे छ ।

गढवा गाउँपालिका वडा नम्बर १ बड्हराका रामगोपाल यादवका १६ वर्षीय छोरा निश्चल यादव नदीमा नुहाउने क्रममा बेपत्ता भएका थिए । बेपत्ता भएका बालककाे शवलाइ गाेताखाेरकाे टाेलीले मंगलवार बिहान करिव पाैने ९ बजे बगेकाे स्थान देखि करिव २ सय मिटर पश्चिम नदीमा डुवेकाे अवस्थामा फेला पारेकाे गढवा गाउँपालिकाका प्रेस संयोजक आलोक भावुकले जानकारी दिएका छन् ।

ती बालक  गढवा गाउँपालिका वडा नम्बर १ बड्हरा स्थित झोलुङगे पुल नजिक राप्ती नदीमा शनिबार दिउँसो सवा १२ बजेको समयमा नुहाउने क्रममा वेपत्ता भएका थिए । साथीसँग नदीमा नुहाउन गएका बालक डुवेर वेपत्ता भएपछि कपडा धुन गएका महिलाहरुले प्रहरीलाई खबर गरेका थिए ।

खबर पाए लगत्तै  स्थानीय नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाको टोलीले डुंगाबाट खोजी गरे पनि बालक फेला नपरेपछि समशेरगञ्जबाट आएकाे गोताखोरकाे टोलीले खोजी कार्य तीब्र बनाएकाे थियाे ।  मृत बालक गढवाको बुद्धज्योती मावि कक्षा १० मा अध्ययनरत थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे