देउखुरीको नयाँबस्तीमा एक घरमा आगलागी, करिव ६ लाख बराबरको क्षति



देउखुरीको नयाँबस्तीमा एक घरमा आगलागी, करिव ६ लाख बराबरको क्षति

भालुवाङ २९ कार्तिक । दाङको देउखुरीमा एक घरमा आगलागी भएको छ ।

राप्ती गाउँपालिका वडा नम्बर ३ नयाँ बस्ती स्थित ताराबहादुर खत्रीको खरको छाना भएको फुसको घरमा गएराती ९:१० बजेको समयमा विद्युत सर्ट भई आगलागी भएको वडा अध्यक्ष उमेश अधिकारीले जानकारी दिएका छन् । आगलागी हुँदा घर जलेर पुर्णरूपले खरानी भएको छ ।

आगलागीबाट घरभित्र रहेको नगद रू ३० हजार, लत्ताकपडा, अन्नपात, कागजपत्र गरि करिव ६ लाख बराबरको क्षति भएको वडा अध्यक्ष अधिकारीले जानकारी दिएका छन् । आगोलाई स्थानीय, इलाका प्रहरी कार्यालय भालुवाङ र प्रहरी चाैकी मसुरियाका प्रहरी जवान, म्यादी प्रहरीले १ घण्टा लगाएर नियन्त्रणमा लिएका थिए । आगलागीबाट मानवीय क्षति भने हुन पाएन ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे