लालमटियाकाे गोरखा आइडल स्कूलद्धारा आफ्ना अभिभावकहरुका लागि शिक्षा कार्यक्रम सम्पन्न



लालमटियाकाे गोरखा आइडल स्कूलद्धारा आफ्ना अभिभावकहरुका लागि शिक्षा कार्यक्रम सम्पन्न

लालमटिया २९ कार्तिक । देउखुरीको राप्ती गाउँपालिका—२, लालमटिया स्थित गोरखा आइडल स्कूलले आफ्नो अभिभाबकहरुलाई शैक्षिक सुधारका लागि एक दिने अभिभावक शिक्षा कार्यक्रम मंगलबार लालमटियाको महिला भवनमा सम्पन्न गरेको छ ।

गोरखा आइडल स्कूल सञ्चालक समिती सदस्य लोकमान रिजालको अध्यक्षतामा भएको कार्यक्रममा स्कूलमा अध्ययनरत विद्यार्थीहरुको अभिभावकहरुलाई एकैथलोमा राखेर थप शैक्षिक सुधारका लागि कार्यक्रम सञ्चालन गरिएको हो ।

कार्यक्रममा घर शैक्षिक सिकाईको अवस्था, सिकाउने तरिका, बाल विकासका विभिन्न पक्षहरु, शैक्षिक सुधारमा शिक्षक, विद्यार्थी र अभिभावकको भूमिका लगायतका बिषयमा प्रशिक्षण दिईनुका साथै छलफल समेत गरिएको थियो ।

कार्यक्रममा शिक्षा प्रशिक्षक पुजा शाहले शिक्षा क्षेत्रको सुधार, अभिभावक, विद्यार्थी र शिक्षकले गर्नुपर्ने कार्यहरु लगायतका बिषयमा प्रशिक्षण दिएकी थिइन् । कार्यक्रममा दुई सय बढी अभिभावकहरुको उपस्थिती रहेको थियो भने कार्यक्रमको सञ्चालन स्कूलका प्रिन्सीपल बसन्तबहादुर पुनले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे