राष्ट्रपति विरुद्धका रिट माथिको सुनुवाइ आइतवारलाई सर्यो



राष्ट्रपति विरुद्धका रिट माथिको सुनुवाइ आइतवारलाई सर्यो

काठमाण्डौ ७ असाेज । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै सर्वोच्च अदालतमा दायर रिट माथिको सुनुवाइ आइतवारका लागि सरेको छ ।

अदालतमा दर्ता भएको नागरिकता विधेयक प्रमाणीकरण सम्बन्धी पाँच वटै रिट आज न्यायाधीश मनोजकुमार शर्माको इजलासमा परेको थियो । तर, सुनुवाइ आउँदो आइतवारलाई सरेको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिएका छन् । अधिवक्ताहरु सुनिल रञ्जन सिंह, सागर बराललगायतका पाँच जनाले दायर गरेका छुट्टाछुट्टै रिटमा नागरिकता विधेयक प्रमाणीकरण गर्न परमादेश माग गरिएको छ ।

विधेयकलाई प्रमाणीकरण गर्ने समय सीमाभित्र नेपालको संविधानको धारा ११३ को उपधारा ४ अनुसार प्रमाणीकरण नगरी नेपालको संविधानको उल्लंघन गरेको रिटमा उल्लेख छ । राष्ट्रपति भण्डारीले संघीय संसदका दुवै सदनबाट पारित भएर दोस्रो पटक शितल निवास पुगेको नागरिकता ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे