सामुदायिक वन संरक्षणमा संवेदनशील भएर लाग्नुस् : अध्यक्ष भुसाल



सामुदायिक वन संरक्षणमा संवेदनशील भएर लाग्नुस् : अध्यक्ष भुसाल

सिसहनियाँ ७ असोज । सामुदायिक वन महासंघ राप्ती गाउँपालिकाका अध्यक्ष हरिप्रसाद भुसालले सामुदायिक वनको संरक्षणमा सवै उपभोक्ताहरू संवेदनशील भएर लाग्न आग्रह गरेका छन् ।

शंकर सामुदायिक वन उपभोक्ता समूह राप्ती गाउँपालिका ८ पिपरीको शुक्रबार पिपरीमा भएको २४ आैँ वार्षिक साधारणसभामा बोल्दै सो कुरा बताएका हुन् । प्रमुख अतिथि समेत रहेका अध्यक्ष भुसालले वन विनास उपभोक्ताबाटै हुने भएकाले वनको संरक्षण गर्ने दायित्व पनि उपभोक्ताक‌ै भएको बताएका छन् ।

त्यस्तै उनले उपभोक्ताहरूलाई वनको महत्त्व बारे बुझाउन आवश्यक रहेको समेत बताएका छन् । समुहका अध्यक्ष तुलाध्वज मल्लको अध्यक्षता एवम् सामुदायिक वन महासंघ राप्तीका अध्यक्ष हरिप्रसाद भुसालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वार्षिक प्रतिवेदन सचिव सीता कुमारी चाैधरी र आर्थिक प्रतिवेदन कोषाध्यक्ष इमानसिंह कार्कीले प्रस्तुत गरेका थिए ।

समुहका सदस्य पुरनप्रसाद चाैधरीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रममा राप्ती सव डिभिजन कार्यालयका फरेस्टरदामोदर डाँगी, राप्ती गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष चन्द्रबहादुर गुरूङ,कुलोपानी जल उपभोक्ता समितिका अध्यक्ष गणेशकुमार चाैधरी,शंकर मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद चाैधरी, लेखा समिति सदस्य कर्कट चाैधरी लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन कोषाध्यक्ष इमानसिंह कार्कीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे