दाङको तुलसीपुरमा माटोको ढिस्कोले च्याप्दा एक महिला गम्भीर घाईते



दाङको तुलसीपुरमा माटोको ढिस्कोले च्याप्दा एक महिला गम्भीर घाईते

तुलसीपुर ७ असोज । दाङको तुलसीपुरमा माटोको ढिस्कोे च्याप्दा एक महिला गम्भिर घाईते भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका–१८ हेमन्तपुर निबासी ४० बर्षकी बिमला रावत रहेको डिएसपी पुष्पराज मल्लले जानकारी दिए ।

वडा कार्यालय नजिकै दशैका लागि घर लिप्ने माटो खन्ने क्रममा दिउँसो ४ बजे माथिबाट खसेको माटोको ढिस्कोले च्यापेको थियो । घाइते महिलाको सातवटा करङ भाँच्चिएको अस्पतालले बताएको छ । घाइतेकाे राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारका लागि नेपालगंज रिफर गरिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे