तुलसीपुर -१८ बालश्रम मुक्त वडा घोषणा वडा नम्बर १६ र १७ लाई बालश्रम मुक्त घोषणा गर्ने तयारी



तुलसीपुर -१८ बालश्रम मुक्त वडा घोषणा वडा नम्बर १६ र १७ लाई बालश्रम मुक्त घोषणा गर्ने तयारी

तुलसीपुर ७ असोज ।  तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ लाई बालश्रम मुक्त वडा घोषणा गरिएको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरेर बाल श्रममुक्त वडा घोषणा गरिएको छ । हालसम्म तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १,२ र ६ वडा बालश्रम मुक्त घोषणा भइसकेका छन् ।  तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले प्रतिबद्धता पत्र वाचन गरेर बालश्रम मुक्त वडा घोषणा गर्नुभएको थियो । तुलसीपुर उपमहानगरपालिकाको वडा नम्बर १८मा दश जना बालबालिकाहरु व्यवसायीक र घरेलु कामदारकारुपमा रहेका थिए ।

ती मध्ये सात जना अन्यत्रका र तीन जना वडाभित्रकै रहेको तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखाका प्रमुख माया श्रेष्ठले जानकारी दिनुभयो । दश जना बालबालिकाहरुलाई परिवारमै स्थानान्तरण गरिएको थियो । तुलसीपुर उपमहानगरपालिकाका वडा नम्बर १६ र १७लाई समेत बालश्रम मुक्त घोषणा तयारी गरिएको छ ।

बालश्रम मुक्त घोषणा बापत नगरप्रमुख टीकाराम खड्काले वडाध्यक्ष माधव वलीलाई सम्मान पत्र प्रदान गर्नुभएको थियो । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८का वडाध्यक्ष माधव वलीको अध्यक्षता एवम नगरप्रमुख टीकाराम खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे