दाङमा लागुऔषध कारोबारमा संलग्न रहेका चार जनालाई पक्राउ गरि प्रहरीद्धारा सार्वजनिक



दाङमा लागुऔषध कारोबारमा संलग्न रहेका चार जनालाई पक्राउ गरि प्रहरीद्धारा सार्वजनिक

दाङ ५ असाेज ।  दाङ प्रहरीले लागुऔषध कारोबारमा संलग्न रहेका चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङले विभिन्न स्थानबाट पक्राउ परेका चार जनालाई बुधबार पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेको हो ।

प्रहरीले गढवा १ कालाकाटे स्थित पूर्वपश्चिम राजमार्गमा लागु औषध कारोबार गरिरहेको अवस्थामा कपिलवस्तु नगरपालिका १० जगदीशपुर निवासी २५ वर्षिय हिरासिंह क्षेत्री र बाणगंगा नगरपालिका ११ निवासी १८ वर्षिय मोहबद खाँनलाई मोटरसाइकलसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर ओलीले जानकारी दिए । एसपी ओलीका अनुसार लागु औषध ओसारपसारमा प्रयोग गरेका लु ६८ प १६६६ र लु ५५६८३७ नम्बरको मोटरसाइकल पनि बरामद गरेको छ ।

त्यस्तै लमही नगरपालिका ९ अमिलियाबाट घोराही उपमहानगरपालिका १३ निवासी ४० बर्षीया सुशीला गिरी र रोल्पा नगरापलिका ६ कोटगाउँ घर भइ हाल घोराही उपमहानगरपालिका १३ सेवार बस्ने ३८ वर्षिय खुशी पुन मगर भनिने एकता पुन मगरलाई चरेशसहित पक्राउ गरेको जनाएको छ ।पक्राउ परेका चारै जनालाई जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान गरिरहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे