सिपी नेपालले शैक्षिक सशक्तिकरणका लागि झण्डै पाँच करोड लगानी गर्दै



सिपी नेपालले शैक्षिक सशक्तिकरणका लागि झण्डै पाँच करोड लगानी गर्दै

गढवा ५ असोज । सिपी नेपालले देउखुरीको गढवा, राजपुर र राप्ती गाउँपालिकामा शैक्षिक सशक्तिकरण कार्यक्रममा झण्डै पाँच करोडको बजेट लगानी गर्ने भएको छ । क्रेयटिङ पोसिबिलीटिज (सिपी) नेपालले बुधवार गढवा गाउँपालिकामा एक कार्यक्रमको आयोजना गरि बार्षिक कार्यक्रम तथा बजेटको सार्वजनिक गरेको हो । गढवा गाउँपालिका संग आयोजना गरिएको समन्वयात्मक गोष्ठिमा बार्षिक बजेट तथा कार्यक्रम सार्वजनिक गरिएको हो ।

बिगत २०६४  साल देखि सिपी नेपालले अनाथ, टुहुरा, बेसाहार, मुक्त कम्लहरी, अतिबिपन्न र सिमान्तकृत वर्गका बिद्यार्थीहरुलाई शिशु कक्षा देखि १२ कक्षा तथा प्राबिधिक लाईनको पठनपाठनका लागि बिभिन्न कार्यक्रम मार्फत लगानी गर्दै आएको कार्यक्रममा जानकारी गराइएको हो । देउखुरीका गढवा, राजपुर र राप्ती गाउँपालिकाका कुल ३२२ जना बिद्यार्थीहरुलाई शिशु कक्षा देखि उच्च शिक्षा र प्राबिधिक लाईन तर्फ समेत संस्थाले लगानी गर्दै आएको महिला कार्यक्रम संयोजक सरिता चौधरीले जानकारी दिइन् । अर्को तर्फ आमा समूह मार्फत महिला शसक्तिकरण, किसोर किशोरी प्रजनन स्वास्थ्य, सिकलसेल एलीमियाको उपचार, बिपन्न बिद्यार्थी र महिलाहरुलाई साइकल वितरण, खेलकुद कार्यक्रम, वाल स्वास्थ्य शिविर लगायतका थुप्रै कार्यक्रमहरु संचालन गरिदै आएकोमा ती सबैजसो कार्यक्रमहरुलाई यस बर्ष पनि निरन्तरता दिने सिपी नेपालले जानकारी गराएको छ ।

चालु आर्थिक बर्ष २०७९÷०८० का लागि आइ.एस.भिजी. तर्फ ३० लाख २० हजार एचआइपी कार्यक्रम तर्फ ६० लाख ३६ हजार ७ सय ८२, डच सपोर्ट कार्यक्रम तर्फ २७ लाख १३ हजार ८ सय ८४, स्योरकल कार्यक्रम तर्फ २२ लाख ६६ हजार, स्वास्थ्य कार्यक्रम तर्फ १३ लाख १३ हजार ५ सय र शिक्षाद्धारा बिद्यार्थीहरु सशक्तिकरण कार्यक्रम तर्फ ३ करोड २२ लाख ७० हजार गरि यसबर्षको कुल बजेट ४ करोड ७६ लाख २० हजार १ सय ६६ रहेको उक्त कार्यक्रममा सरिता चौधरीले जानकारी गराएकी हुन् ।

गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरीको अध्यक्षता र प्रमुख प्रशासकीय अधिकृत आषिस चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । सिपी नेपालले गतबर्ष सञ्चालन गरेका कार्यक्रमहरु प्रभावकारी तथा मन छुने खालका भएको भन्दै आगामी समयमा पनि स्थानीय सरकारसंग समन्वय र सहकार्य गरि काम गर्न प्रशासकीय अधिकृत चौधरीले आग्रह गरेका थिए । कार्यक्रममा वडा अध्यक्षहरु, कार्यपालिकाका सदस्यहरु, बिषयगत शाखाका प्रमुखहरु लगायतको उपस्थिति रहेको थियो । सिपी नेपालका महिला कार्यक्रमा संयोजक सरिता चौधरीको स्वागत मन्तब्य र प्रस्तुीकरणबाट सुरु भएको कार्यक्रमको सहजीकरण हेमराज शर्माले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे