लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीद्धारा धार्मिक तथा पर्यटकीय क्षेत्र भुल्के गाउँको अवलोकन



लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीद्धारा धार्मिक तथा पर्यटकीय क्षेत्र भुल्के गाउँको अवलोकन

सिसहनियाँ ५ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले बुधबार राप्ती गाउँपालिका वडा नं. ५ काे धार्मिक तथा पर्यटकिय स्थल भुल्केकाे अवलाेकन गर्नुका साथै त्यहाँका स्थानीय बासिन्दाहरु सँग जनभेटघाट कार्यक्रम गरेका छन् । राप्ती गाउँपलिका अध्यक्ष प्रकाश विष्टकाे अध्यक्ष्यता एवम् मुख्यमन्त्री कुलप्रसाद केसीकाे प्रमुख आतिथ्यता तथा लुम्बिनी प्रदेशका अर्थविज्ञ लक्ष्मण न्याैपानेको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे। कार्यक्रममा भुल्के गाउँकाे बस्तुस्थिति र समस्याको बारेमा भुल्के टाेल विकास संस्थाका अध्यक्ष चेतनाथ उचही मगरले जानकारी गराएका थिए ।

कार्यक्रममा राप्ती गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष देवप्रसाद चाैधरी, नेकपा माओवादी केन्द्रका नेता रणप्रसाद सुवेदी, प्रदेश कमिटी सदस्य धर्मराज अधिकारी, क्षेत्र नं.१ क का सचिब कृष्ण गिरी, नेकपा माओबादी केन्द्रका कार्यबाहक अध्यक्ष नारायणप्रसाद शर्मा, सिसहनियाँ उद्योग बाणिज्य संघका अध्यक्ष पुर्णबहादुर बुढाथोकी, राप्ती गाउँपालिका चेम्बर अफ कमर्सका अध्यक्ष कुमार अधिकारी, राष्ट्रिय उद्योग व्यापार संगठनका अध्यक्ष गन्जबहादुर विष्ट लगायतको सहभागीता रहेको थियोे । टाेल विकास संस्थाका उपाध्यक्ष देवमणी उचही मगरको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमकाे सञ्चालन सचिब बाेधिलाल बुढामगरले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे