सत्य तथ्य समाचार संप्रेषण गर्न पत्रकारहरूलाई प्रमुख प्रशासकीय अधिकृत वलीको सुझाव
भालुवाङ ५ असोज । दाङको राप्ती गाउँपालिकामा केही दिन अघि सरूवा भएर आएका प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओलीलाई बुधबार राप्ती प्रेस मञ्चले स्वागत गर्नुका साथै परिचयात्मक कार्यक्रम गरेको छ ।
लुम्बिनी प्रदेश आर्थिक मामिला तथा सहकारी मन्त्रालयबाट राप्ती गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा भई आएका वलीलाई मञ्चले फूलमाला र टीका लगाएर स्वागत गरेको हो ।
स्वागत तथा परिचयात्मक कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत वलीले पत्रकारहरूलाई सत्य तथ्य सुचनाहरू संप्रेषण गर्न सुझाव दिएका छन् । उनले गाउँपालिकामा हुने राम्रा कुराको प्रचार प्रसार गर्न र नराम्रा कुराको खवरदार आवश्यक रहेको बताएका थिए । प्रमुख अतिथि समेत रहेका वलीले राजधानी कार्यान्वयका विषयमा पत्रकारहरू सकरात्मक कुराहरू संप्रेषण गर्न र राजधानीलाई प्रभाव पार्ने कुरामा विषेश ध्यान दिन सुझाव समेत दिएका छन् ।
त्यस्तै उनले आफू राप्ती गाउँपालिकामा रहँदा सम्म इमान्दारीपूर्वक काम गर्ने प्रतिवद्धता जनाएका छन् । त्यस्तै कार्यक्रममा सहभागी पत्रकारहरूले प्रमुख प्रशासकीय अधिकृत वलीलाई मिडियामैत्री बन्न सुझाव दिएका थिए ।
मञ्चका अध्यक्ष अर्जुन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा राप्ती गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष दिपककुमार चाैधरी, ७ का वडा अध्यक्ष सिताराम चाैधरी, ८ का वडा अध्यक्ष चन्द्रबहादुर गुरूङ, मञ्चका प्रमुख संरक्षक महेश रिजाल, उपाध्यक्ष बासुदेव न्याैपाने, सचिव बलराम शाही (भिसुन), कोषाध्यक्ष हुमा सुनार, सदस्य किरण जिसी लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
मञ्चका वरिष्ठ उपाध्यक्ष सन्तोषकुमार गुप्ताको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन मञ्चका महासचिव ओमप्रकाश गुप्ताले गरेका थिए ।