विश्व फिजियाेथेरापी दिवसकाे दिन भाेली नाेभा फिजियाेथेरापी लमहीले निशुल्क सेवा दिने



विश्व फिजियाेथेरापी दिवसकाे दिन भाेली नाेभा फिजियाेथेरापी लमहीले निशुल्क सेवा दिने

देउखुरी २२ भदाै । विश्व फिजियाेथेरापी दिवसकाे अवसरमा देउखुरीकाे लमहीमा अवस्थित नाेभा फिजियाेथेरापी रिह्याविलिटेशन सेन्टरले भाेली भदाै २३ गते बिहिबार एक दिने निशुल्क विशेषज्ञ फिजियाेथेरापी परामर्श तथा उपचार गर्ने भएकाे छ ।

प्रत्येक बर्ष सेप्टेम्बर ८ तारिकका दिन नेपाल सहित विश्वभर विश्व फिजियाेथेरापी दिवस मनाउँदै आएकाे छ । फिजियाेथेरापी उपचार विधिकाे बारेमा जानकारी दिन तथा यस विधिकाे प्रयाेगबाट बिरामीहरूमा हुने फाइदा लगायतका बिषयमा आम जनसमुदाय सकरात्मक सन्देश पुर्याउने उद्देश्यले दिवसकाे अवसरमा भाेली भदाै २३ गते बिहिबार एक दिने निशुल्क विशेषज्ञ फिजियाेथेरापी परामर्श तथा उपचार गर्न लागेकाे सेन्टरकी सञ्चालक तथा फिजियाेथेरापीष्ट डाक्टर कमला चाैधरीले जानकारी दिइन् ।

दिवसका दिन भाेली बिहान ९ बजे देखि बेलुका ५ बजे सम्म नाेभा फिजियाेथेरापी रिह्याविलिटेशन सेन्टर लमहीमा आई उक्त निशुल्क सेवा लिन सकिने डाक्टर चाैधरीले जानकारी दिइन् । निशुल्क शिबिरमा प्यारालाईसिस, पक्षघाट, मुख बाङ्गाे हुने समस्या, गर्धन, ढाड, कम्मर, घुडा, कुम, कुहिना लगायतका समस्या भएका बिरामीहरुकाे निशुल्क उपचार गरिने फिजियाेथेरापीष्ट डाक्टर कमला चाैधरीले जानकारी दिइन् ।

 

त्यस्तै शिविरमा सियाटिका, नशा च्यापिएका, झम्झमाउने, पाेल्ने सिल्का हान्ने, मासपेशीकाे दुखाई, कुम जाम हुने, माथि लैजाने नमिल्ने अन्य जाेर्नी जाम हुने, हाड, जाेर्नी तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरकाे निशुल्क चेकजाँच परामर्श तथा उपचार गरिने डाक्टर  चाैधरीले जानकारी दिइन् ।

 

त्यस्तै शिविरमा अप्रेशन वा प्लास्टर पछि जाेर्नी जाम हुने, चलाउन नमिल्ने, खेलकुदकाे समययमा लाग्ने चाेटपटक र बाल अपाङ्गता सम्बन्धी समस्या भएका बिरामीहरकाे निशुल्क चेकजाँच परामर्श तथा उपचार गरिने डाक्टर चाैधरीले जानकारी दिइन् ।

उक्त शिविरमा फिजियाेथेरापीष्ट डाक्टर कमला चाैधरी सहितकाे स्वास्थ्यकर्मीहरूकाे टिमले निशुल्क चेकजाँच, परामर्श तथा उपचार गर्ने बताइएकाे छ । साथै उक्त निशुल्क सेवा लिन आउन सेन्टरले सबैमा आग्रह गरेकाे छ ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे