घोराही-लमही सडकखण्डमा ट्रक पल्टियो, एक जना च्यापिए



घोराही-लमही सडकखण्डमा ट्रक पल्टियो, एक जना च्यापिए

घाेराही २२ भदौ । दाङको घोराही-लमही सडकखण्डमा पर्ने भैंसी बगाउने खोलामा ट्रक पल्टिदा एक जना च्यापिएका छन् । बुधबार दिउँसो एक बजेतिर घोराहीबाट भैंसीको छाला लोड गरेर लमहीतर्फ जाँदै गरेको लु २ ख ५९३ नम्बरको ट्रक घोराही उपमहानगरपालिका ३ भैंसी बगाउने खोलामा ट्रक पल्टिदा एक जना च्यापिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

जेसिबी लगाएर उद्धारको प्रयास जारी रहेको प्रहरीले बताएको छ । चालकको खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ । अहिले उक्त सडकखण्ड अवरुद्ध रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे