रोल्पामा भूमिहीन सुकुम्बासी समस्या समाधान गर्न पालिकासँग सम्झौता



रोल्पामा भूमिहीन सुकुम्बासी समस्या समाधान गर्न पालिकासँग सम्झौता

 भदौ २२ रोल्पा। भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको समस्या समाधान गर्न राष्ट्रिय भूमि आयोगले रोल्पाका पालिकासँग सम्झौता गरेको छ । आयोगले जिल्लाका ६ वटा पालिकासँग सम्झौता गरेको हो ।

आयोगका उपाध्यक्ष तथा प्रवक्ता नहेन्द्र खड्काले रोल्पाको रुन्टिगढी, त्रिवेणी, सुनछहरी, सुनिलस्मृति, गंगादेव र थबाङ गाउँपालिकासँग सम्झौता गरेको जानकारी दिनुभयो । रोल्पा नगरपालिका, लुङग्री गाउँपालिकासहित केहि पालिकाले भने यसअघि नै आयोगसँग सम्झौता गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे