राप्तीमा ५६ औं अन्तराष्ट्रिय साक्षरता दिवस मनाउन सुरु, भदाै २३ गते विशेष समाराेह



राप्तीमा ५६ औं अन्तराष्ट्रिय साक्षरता दिवस मनाउन सुरु, भदाै २३ गते विशेष समाराेह

भालुवाङ २१ भदौ । दाङको राप्ती गाउँपालिकाले अन्तराष्ट्रिय साक्षरता दिवस मनाउन सुरु गरेको छ । साक्षरता सिकाई क्षेत्रमा रुपान्तरण भन्ने मुल नाराका साथ भदौ २३ गते परेको अन्तराष्ट्रिय साक्षरता दिवसका अवसरमा शिक्षा, युवा तथा खेलकुद शाखाले सोमवार देखि विभिन्न प्रतियोगित्मक कार्यक्रमको आयोजना गरी दिवस मनाउन सुरु गरेको हो ।

दिवसका अवसरमा सोमवार निशुल्क तथा गुणस्तरीय शिक्षा कार्यान्वयनमा सरोकारवालाहरुको भुमिका विषयक छात्र÷छात्राहरुको वक्तृत्वकला प्रतियोगितामा सिरिन भ्याली पव्लिक स्कुल मौरीघाटकी प्रवेशिका शर्मा प्रथम, गोरखा आइडियल स्कुल लालमटियाका प्रिन्स बोहरा द्धितीया, लिटिल एन्जल स्कुल भालुवाङकी रञ्जु खनाल तृतीया र पव्लिक एजुकेशन एकेडेमी लालमटियाकी अनुराधा थापाले सान्त्वना स्थान प्राप्त गरेका छन् ।

त्यसै गरी निशुल्क शिक्षा हाम्रो अधिकार विषयक छात्र÷छात्राहरुको कविता प्रतियोगितामा पव्लिक एजुकेशन एकेडेमी लालमटियाकी सजिना आचार्य प्रथम, शंकर मावि पिपरीका अनिता सुन्दास द्धितीया, ज्ञानोदय मावि पत्थरगढवाका सकुन्तला गौतम तृतीया र लिटिल एन्जल स्कुल भालुवाङका संदेश शर्माले सान्त्वना स्थान प्राप्त गरेका छन् ।

भने मंगलवार भएको जंगफूडले स्वास्थ्यमा पार्ने असर विषयक छात्र÷छात्राहरुको निबन्ध प्रतियोगितामा ज्ञानोदय मावि पत्थरगढवाकी सृष्टी चौधरी प्रथम, सिरिन भ्याली पव्लिक स्कुल मौरीघाटकी प्रवेशिका शर्मा द्धितीया, आदर्श नमुना मावि लालमटियाकी सलिना चौधरी तृतीया र गोरखा आइडियल स्कुल लालमटियाकी बन्दना सिंहले सान्त्वना स्थान प्राप्त गरेका छन् ।

यसै बीच भदौ २२ गते बुधवार विहान १० बजे देखि आदर्श नमुना मावि लालमटियामा आधारभुत तहका विद्यार्थीहरुका लागि सरसफाई तथा स्वच्छ वातावरण सम्बन्धी चित्रकला र प्रावि तहका विद्यार्थीहरुका लागि असल बानी व्यवहार सम्बन्धी चित्रकला प्रतियोगिता हुने र भदौ २३ गते विहान १० बजे गाउँपालिकाको सभाहल मसुरीयामा विशेष समारोहको आयोजना गरी ५६ औं अन्तराष्ट्रिय साक्षरता दिवस मनाउन लागिएको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे