राप्ती गाउँपालिकामा जनताको साथमा कांग्रेस अभियान सुरु



राप्ती गाउँपालिकामा जनताको साथमा कांग्रेस अभियान सुरु

पिपरी २१ भदाै । ‘जनताको साथमा कांग्रेस’ अभियान मंगलवार राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीमा आयोजना गरिएको छ । राप्ती गाउँपालिका नेपाली कांग्रेसको आयोजनामा भएको कार्यक्रममा विगतको अभिबेशन र निर्वाचनलाई मध्यनजर गर्दै जनताको साथमा कसरी नेपाली काग्रेस रहन्छ भन्ने विषयमा अन्तरक्रियाको साथ समिक्षा गरिएको छ ।

नेपाली कांग्रेस राप्ती गाउँपालिका सभापति विद्याशरण चौधरीको अध्यक्षता तथा नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य देवनारायण चौधरीको प्रमुख आथित्यतामा भएको कार्यक्रममा ‘जनताको साथमा कांग्रेस’ अभियानका बारेमा जानकारी गरिएको छ । दाङमा भाद्र १० देखि सुरु गरिएको अभियानलाई मंगलवार राप्ती गाउँपालिकामा एक कार्यक्रमका विच निरन्तरता दिदै आगामी वीपी जन्मजयन्ती अर्थात भाद्र २४ सम्म वडा गत रुपमा सञ्चालन गरिने बताईएको छ ।

अभियानको क्रममा पार्टीका  जिल्ला कोषाध्यक्ष प्रकाश सुबेदी, संविधान सभा सदस्य सुशिला चौधरी, महाधिबेशन प्रतिनिधि यशाेदा चौधरी, विलोचन चौधरी, हरि भुसाल, महासमिति सदस्य नुमानन्द सुबेदी, प्रदेश सभापति श्रीपद चौधरी, ताराबहादुर डिसी, दोर्ण भुसाल, आत्माराम भट्राई, गोवर्धन रावत, बेद प्रसाद चौधरी, लक्ष्मण चौधरी जगदम्वा कुमारी चौधरी, मंगल चौधरी, पोमलाल गिरी, सुनील बस्नेत, अयोध्या चौधरी, टिका पुन, जमिर शाहा लगायतले विचार ब्यक्त गरेका थिए ।

नेपाली कांग्रेसले अभियानमा मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा मतदानमा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न मतदातालाई अपील गर्ने, जनताको घर–आगनमा पुग्ने, कांग्रेसलाई जनता के सुनाउन चाहन्छन् सुन्ने, जनताको भावना बुझ्ने । जनताको भावना अनुरुपको रुपान्तरण र विकास परियोजनाहरुबारे जनतासँग विविध ढंगले अन्तरक्रिया गर्ने, कांग्रेसले लिएको नीति, कांग्रेस नेतृत्वमा विगतमा हासिल राजनैतिक र आर्थिक उपलब्धि एवं समसामयिक विषयमा कांग्रेसले लिएका अडानबारे जनतालाई सु–सूचित गर्ने र निर्वाचनमा नेपाली कांग्रेसलाई विजयी गराउने पक्षमा माहौल बनाउने छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे