पहिरोमा पुरिएर आमाछोरीको मृत्यु



पहिरोमा पुरिएर आमाछोरीको मृत्यु

रुकुम  – रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा पहिरोमा पुरिएर आमा छोरीको मृत्यु भएको छ । वडा नम्बर १४ को पिपलचौरमा रहेको छेपारे सामुदायिक वन समुहको भवनमा ओत लागेर वसेका जाजरकोटको भेरी नगरपालिका १ मैदेका तीन आमा छोरीलाई हिजो दिउँशो पहिरोले पुरेको थियो ।

दिउँशो साढे ३ बजेतिर पहिरोमा पुरिएर आमा अन्दाजी ३० वर्षिय बालमती राना र उनकी २ वर्षिया छोरी प्रतिक्षा रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । पहिरोमा पुरिएर बालमतीकी अर्की छोरी ७ वर्षिया तिर्सना राना भने घाइते भएकी छन् । तीनै आमा छोरीलाई प्रहरीले साढे ४ बजेतिर जिवितै उद्धार गरेको थियो ।

उद्धार गर्दा तिर्सना बोल्न सक्ने अवस्था भएपनि बालमती र प्रतिक्षा भने अचेत अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राजिव श्रेष्ठले जानकारी दिनुभयो । तीनै आमा छोरीलाई उपचारका लागि जाजरकोट जिल्ला अस्पताल पठाइएको थियो ।

दुइ आमा छोरीको जाजरकोट अस्पतालमै मृत्यु भएको जानकारी आएको प्रहरी निरीक्षक श्रेष्ठले बताउनुभयो । बालमती दुइ छोरी सहित जाजरकोटकै नलगाड नगरपालिका १ मा रहेको माइती घरबाट भेरी नगरपालिका १ मैदे घर तर्फ आईरहेकी थिइन् । भारी वर्षा भएपछि तीन आमा छोरी सामुदायिक वनको भवनमा ओत लागेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे