कर्णालीको अर्थमन्त्रीमा कृष्णा शाह र ऊर्जामन्त्रीमा रातो कामी नियुक्त



कर्णालीको अर्थमन्त्रीमा कृष्णा शाह र ऊर्जामन्त्रीमा रातो कामी नियुक्त

भदौ १३ सुर्खेत । कर्णाली प्रदेश सरकारमा नेकपा माओवादी केन्द्रका दुई नेता मन्त्री नियुक्त भएका छन् । मुख्यमन्त्री जीवनबहादुर शाहीले आर्थिक मामिला तथा योजना मन्त्रीमा कृष्णा शाह र जलस्रोत तथा उर्जा विकास मन्त्रीमा रातो कामीलाई सोमबार नियुक्त गरेका हुन् ।

नवनियुक्त दुई मन्त्रीको नाम प्रदेश प्रमुखको कार्यालयमा पठाइएको छ । प्रदेश प्रमुख तिलक परियारले नव नियुक्त मन्त्री शाह र कामीलाई सोमबार नै दिउँसो तीन बजे पद तथा गोपनीयताको शपथ ग्रहण गराउने तयारी रहेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे