देउखुरीबाट भरुवा बन्दुक सहित एक जना पक्राउ



देउखुरीबाट भरुवा बन्दुक सहित एक जना पक्राउ

लमही १२ भदाै । देउखुरीमा प्रहरीले गोली लोड गरेको भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा देउखुरीको राजपुर गाउँपालिका–१ कटवेरुवा निवासी ४२ बर्षीय रामबहादुर चौधरी रहेका छन् ।

उनलाई प्रहरीले गढवा गाउँपालिका–७ मा रहेको ज्योती सामुदायिक बनबाट भरुवा बन्दुकसहित बन्दुकमा प्रयोग गरिने बारुद, केप, फलामको गोली र छर्रासहित पक्राउ गरेको लुम्विनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

विशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय गढवाबाट प्रहरी निरिक्षक रन्जु केसीको कमाण्डमा खटिएको प्रहरी टोलीले चौधरीलाई शनिवार साँझ जंगलमा सिकार खेल्न गएको समयमा पक्राउ गरेको थियो । पक्राउ परेका चौधरीको साथबाट प्रहरीले लोड गरेको भरुवा बन्दुक थान १ ९एक नाले०, बारुद १०० ग्राम, केप थान ४ , फलामको गोलि १९ वटा र फलामको छर्रा १२६ वटा बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे