लैंगिक हिंसा न्युनीकरण विषयक तीज गीत प्रतियोगितामा ऐरावती क्याम्पस लालमटिया प्रथम



लैंगिक हिंसा न्युनीकरण विषयक तीज गीत प्रतियोगितामा ऐरावती क्याम्पस लालमटिया प्रथम

भालुवाङ १२ भदाै । दाङको राप्ती गाउँपालिकामा लैंगिक हिंसा न्युनीकरण विषयक तीज गीत प्रतियोगिता कार्यक्रम आइतबार सम्पन्न भएको छ ।

हिन्दु नारीहरूको महान चार्ड हरितालिका तीजको अवसरमा राप्ती गाउँपालिकाले आयोजना गरेको तीज गीत प्रतियोगितामा ऐरावती आदर्श बहुमुखी क्याम्पस लालमटिया प्रथम, विन्दु वली मझनीगढको समूह दोस्रो, रेडियो राप्ती तथा राप्ती टेलिभिजन तेस्रो र स्मार्ट कृषि गाउँ सिंगेले सान्त्वना स्थान प्राप्त गरेका छन् ।

प्रतियोगितामा विजेताहरूलाई प्रमाणपत्र र पुरस्कार समेत प्रदान गरिएको थियो । प्रतियोगितामा १५ वटा समुहले भाग लिए पनि १३ वटा समुहले प्रस्तुती राखेका थिए ।गाउँपालिकाकी उपाध्यक्ष कमलापती चाैधरीको अध्यक्षता एवम् अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै अध्यक्ष विष्टले तीज पर्वलाई मर्यादित र व्यवस्थित तरिकाले मनाउन सुझाव दिएका छन् ।

पछिल्लो समय तीज पर्व भड्किलो बन्दै गएको र नाचगानमा समेत विकृति बढेको भन्दै त्यस्ता गतिविधि रोक्न महिला दिदीबहिनीहरूलाई सुझाव दिएका थिए । महिला तथा बालबालिका शाखाकी कल्पना खनालको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन गाउँपालिकाकी प्राविधिक विमला भट्टराई खनालले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे